|

डोल्पा : हिमाली जिल्ला डोल्पाका दुइवटा सामुदायिक वनमा भीषण आगलागी भएको छ। त्रिपुरासुन्दरी नगरपालिका ६ मा पर्ने कैलासी सामुदायिक वन र वडा ५ मा पर्ने लेखठेरी सामुदायिक वनमा भीषण आगलागी भएको हो।

शुक्रबार दिउसोदेखि सुरु भएको आगलागीबाट कैलासी सामुदायिक वनक्षेत्रको अधिकांश भूभाग जलेर नष्ठ भएको र लेखठेरी सामुदायिक वनको करिव ५०० सल्लाका रुख जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय करोपगाडले जनाएको छ। आगलागी नियन्त्रणकालागि इलाका प्रहरी चौकी करोपगाड, नेपाली सेनाको नरसिंह दल गुल्म र हरीयापानी बहुउद्देश्यीय सहकारीका सदस्यहरू परिचालन भएको सहकारीका अध्यक्ष मोतीप्रसाद उपाध्यायले बताए।

आगलागी जारी रहेकाकाले बेलुकीसम्म नियन्त्रणमा आउनसक्ने सम्भावना रहेको उपाध्यायको भनाइ छ। आगलागीको कारण खुल्न नसके पनि गोठाला गएका बालबालिकाले आगो लगाएको अनुमान गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.