|

काठमाडौंः पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले सरकारको अदूरदर्शी नीतिका कारण मुलुक आर्थिक संकटतर्फ धकेलिँदै गएको बताएका छन्।

शनिबार राजधानीमा आयोजित नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोश्रो बाािर्षक साधारणसभालाई सम्बोधन गर्दै पूर्व मन्त्री महतले व्यापार घाटा बढ्दै जानु, बैदेशिक लगानी भित्रन नसक्नु तथा स्वदेशमा उद्यमशिलताको विकास हुन नसक्नुले मुलुक चरम आर्थिक संकट तर्फ उन्मुख हुँदै गएको बताएका हुन्।

उनले पछिल्लो ६ महिनामा मुलुकले ७ खरबको व्यापार घाटा व्यहोर्नुपरेको उल्लेख गरे। उत्पादन शक्ति बढाएर आयात प्रतिस्थापन गर्नेतर्फ सरकारको ध्यान केन्द्रीत हुनुपर्नेमा उनले जोड दिए।

बैदेशिक रोजगारीमा जानेहरुको संख्या बढ्दै जादा स्वदेशमा दक्ष जनशक्तिको अभाव देखिएको भन्दै उनले उद्यमशिलता र औद्योगिक लगानीको वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए।

डाक्टर महतले मुलुकलाई आर्थिक रुपले अघि बढाउन शुसासनको साथै प्रविधियुक्त उद्यमशिलता, आविश्कार र श्रृजनशिलताको विकास गर्नुपर्ने बताए।

उनले व्यवसायीका व्यवहारिक समस्यालाई सरकारले सम्बोधन गर्नुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.