|
File Photo

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

शनिबार राजधानीमा आयोजित नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दे नेता नेपालले दण्डहिनताका कारण सबै तिर भ्रष्टाचार मौलाउदै गएको बताए। उनले सरकारी कार्यालयका कर्मचारीहरू पूरा समय कार्यालयमा नहुने, पैसाविना सेवाग्राहीको काम नगर्ने प्रवृति व्यापक बन्दै गएको टिप्पणी गरे। दण्डहिनताका कारण नै यस्ता अराजकता मौलाएको भन्दै उनले रोश प्रकट गरे। अमुक संस्था मात्रैको हैसियतमा राज्य रहन नसक्ने भन्दै उनले जनतालाई सुरक्षा, न्याय र समानताको प्रत्याभूति गर्दै अन्याय, अत्याचार र भ्रष्टाचारलाई नियन्त्रण गर्ने दायित्व राज्यको भएको बताए।

नेता नेपालले सरकारमा रहेकाहरूमा जनताको आवाज सुन्ने भन्दा पनि बोल्ने प्रवृति मात्रै हावी भएको टिप्पणी गरे। जुनसुकै क्षेत्र र व्यवसायमा देखिएका समस्याहरूलाई राष्ट्रिय समस्याको रुपमा लिदै समयमै सम्बोधन नहुने हो भने त्यसले विसंगति निम्त्याउने भन्दै उनले जनताको गुनासो तत्काल सुन्न सरकारलाई सचेत गराए।

कार्यक्रममा व्यवसायीहरूले पटकपटकको ध्यानाकर्षण गराउँदा पनि सरकारले आफूहरूका समस्या सम्बोधन नगरेको गुनासो गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.