|

जनकपुरधाम : शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा नेपाल सरकारको साझा सूचीमा रहेकोले तीन वटै सरकारको समुन्नत तागत र शक्ति मिलाएर भर्ना तथा साक्षरता अभियानलाई शिक्षित नेपाल बनाउने दिशातर्फ अग्रसर हुनुपर्ने बताएका छन्। शिक्षामन्त्री पोखरेलले अहिले खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएजस्तै साक्षरता अभियान खाए खा नखाए घिच जस्तै हुने त होइन भन्ने मेरो मनमा चिन्ता व्यक्त गरे। उनले भर्ना गरेको विद्यार्थीलाई टिकाउने, विकाउने र सिकाउने र काममा लगाउने जनशक्तिको निर्माण भए मात्र शिक्षाको सार्थकता हुने बताए। 

शिक्षामन्त्री पोखरेलले तीनै तहका सरकारले साझा सूचीमा रहेको शिक्षालाई समुन्नत बनाउनुपर्ने आवश्यकता रहेकाे बताए। साक्षर नेपाल वर्ष २०७६ र विद्यार्थी भर्ना अभियानसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रियामा बोल्दै शिक्षा मन्त्री पोखरेलले भने, ‘नेपाल सरकारको शिक्षा तथ्यांकमा मलाई विश्वास छैन। नेपालको कूल जनसंख्या मध्ये ४९ प्रतिशत प्रदेश २ का बालबालिका बिद्यालय बाहिर छन्। यसरी हेर्दा देशको समग्र अवस्था सन्तोषजनक छ। तर प्रदेशको अवस्थामा अत्यन्त नाजुक छ।जसको प्रमुख कारण आर्थिक गरिबी, भौगोलिक विकटता र सांस्कृतिक पक्ष मुख्य हो।’

उनले नेपाललाई साक्षर घोषणा गर्न २० करोडको आवश्यकता भए पनि ४ करोडको भरमा अभियानमा लागेको र तराईको १८ जिल्ला मध्ये प्रदेश २ को ८ जिल्लामा अर्जुनदृष्टि बनाएर कार्य गर्ने लक्ष्यसहित अघि बढ्को बताए। मन्त्री पोखरेलले आगामी भदौ महिनाको शिक्षा दिवसको दिन नै साक्षरता घोषणा गर्ने र नसके २०७६ सम्म साक्षर घोषणा गर्ने बताए। मन्त्री पोखरेलले भने, ‘परिवर्तनका आन्दोलनकर्ता महन्त ठाकुरले सपथ ग्रहण गराएको त्यस क्षणलाई सम्झिन्छु। परिवर्तनलाई संस्थागत गर्दै परिवर्तनको हुने गरी काम गर्न आवश्यक गरी काम गर्न सबैमा आग्रह गर्छु।’

विद्यालयको बिभिन्न समस्या भएको स्वीकार गर्दै शिक्षा मन्त्री पोखरेलले आउँदो चैतमा २८ हजार शिक्षक आउने दाबी गर्दै मुख्य शिक्षकको समस्या तत्कालका लागि समाधान गर्ने र शिक्षक सेवा आयोगबाट परीक्षा दिएर पास भएकालाई काममा लगाउने र त्यो भन्दा वैकल्पिकामा नाम निस्केकाकालाई करारमा भर्ना गर्ने समेत स्पष्ट पारे। उनले भर्ना तथा साक्षरता अभियानमा प्लस २ का विद्यार्थीलाई समेत संलग्न गराउने स्थानीय निकायका प्रमुख तथा उपप्रमुखलाई आग्रह समेत गरे। 

शिक्षा मन्त्री पोखरेलले एकवर्षे शैक्षिक क्यालेण्डर अनुसार स्कुल, कलेज तथा प्राविधिक शिक्षालयहरू सञ्चालमा ल्याउन लागेको बताए। उनले भने, ‘अब एमबिबिएस परीक्षाको लागि कुनै पनि विद्यार्थीले धरान, काठमाडाैं वा अन्य ठाउँ भौतारिनु पर्दैन। तपाइँको आफ्नै ठाउँबाट प्रवेश परीक्षा दिन सक्नुहुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.