जोखिम मोलेरै हवाई यात्रा गर्न बाध्य छन् जुम्लावासी

|

जुम्ला : नागरिक उड्डयन प्राधिकरणको चरम लापरबाहीका कारणले नेपालगञ्जदेखि जुम्ला हवाई सेवा गर्ने यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन। हवाई चालक  र टावर बीचको मिलोमतोमा  यहाँका नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन्।

सोमबार नेपालगञ्जदेखि जुम्लाका लागि उडान भरेको तारा यरलाइन्सले सात राउण्ड लगायर ल्याण्ड गरेको  थियो। १८ जना यात्रु बोकेर उडान भरेको तारा एयरलाइन्सले  मौसममा आएको खरावीले  जुम्ला विमानस्थलमा ल्याण्ड गर्न नसकी  सात राउण्ड लागाउँदा यात्रुहरु त्रसित भएका थिए। दिनप्रतिदिन मौसममा बदली भई भारी वर्षा हिमपातका कारणले गर्दा कर्णाली राजमार्ग हिलाम्मे हुने हुँदा जुम्लाका अधिकांश यात्रु  हवाई सेवालाई भरर्दो मान्दै आएका छन्। तर, पछिल्लो समयमा पाइलट र टावरबीचको  माप्सीले गर्दा जुम्लाका नागरिकहरूको जीवनमा खेलवाड भएको छ।

टावर र हवाई चालकबीच  भएको मनोमानीले गर्दा यस्ता खालको समस्या आएको तारा एयरलाइन्सका यात्रु  नगेन्द्र शेरचनले बताए। उनले भने, 'यो  नागरिक  उड्डयन प्राधिकरणको मनोमानी हो आज झण्डै १८  जना यात्रुको ज्यान जाने थियो।  सात राउण्ड लगायर  ल्याण्ड गर्दा सम्मा हामी निराश थियौँ।' उनले थपे, 'धन्न आज दुर्घटनाबाट बचियो।' 'जब जहाजबाट बाहिर निस्कियौँ तब  होस आयो।'

तत्कालीन  जिल्ला पशुसेवा कार्यालय जुम्लाका  प्रमुख गोबिन्द महत पनि सोही हवाई जहाजमा नेपालगञ्जदेखि जुम्ला आएका थिए। उनले भने,  'झण्डै  आधा घण्टासम्म आकाशमा घुमाउँदा  १८ जना यात्रु आतिएका थियौँ।' उनले भने, 'पाइलट सन्तोष शाहसँग के भएको हो भनी  सोध्दा अत्याधिक हावा लागेका कारणले प्लेन ल्याण्ड गर्न समस्या आएको  बताए।'  पेलेन आकशमा आधा घण्टा घुमिरहदा जुम्ला विमानस्‍थलमा कुरेर बसेका आफन्तहरू  भगवान् पुकारेर बसेका थिए। आधा घण्टा आकाशमा घुमेर ल्याण्ड गरेको उक्‍त जहाजले जुम्लाबाट नेपालगञ्जका लागि यात्रु बोकेर  एक घण्टापछि उड्न भरेको  छ।

विमान ल्यान्ड हुन नसक्नुको कारण भन्दैन प्राधिकरण

यता  नागरिक उड्यान प्रधिकरणका प्रमुख कैलाश शर्माले तारा एयरलाइन्सले ल्याण्ड गर्न नसक्नुको कारण बुझ्न खोज्दा जानकारी दिन नमानेपछि जुम्लाबासीले  नागरिक उड्डयनको चरम लापरबाही रहेको बताएका छन्। गत जेठ महिनामा ल्याण्ड गर्ने क्रममा टायर पन्चर भएर जुम्ला विमानस्‍थलमै तारा एयरलाइन्स दुर्घटना भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.