|

जुम्ला : मंगलबारदेखि सुरु भएको हिमपात अझैँ रोकिएको छैन। । जुम्ला सदरमुकाममा झण्डै २ फिट हिउँ जमेको छ। वरिपरिका डाँडाकाडामा करिब पाँच फिटसम्म हिउँ परेको छ। जुम्लामा १५ वर्षपछिकै  बाक्लो हिमपात भएको चन्दननाथ नगरपालिका–५ का अध्यक्ष अर्जुनसिंह कठायतले बताए।

हिमपातका कारण चिसो ह्वात्तै बढेकाले जनजीवन प्रभावित बनेको छ।  नागरिकहरुलाई गाईबस्तु गोठबाहिर निकाल्न सकिएको छैन। निरन्तर हिमपात भएका कारण सरकारी तथा गैरसरकारी कार्यालयमा कामकाज समेत ठप्प भएका छन्। शिक्षण संस्थाहरु बन्द छन्। 

हिमपातसँगै बढेको चिसोले बालबालिका, वृद्धवृद्धा प्रभावित भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.