|
File Photo

जनकपुरधाम : संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारी मन्त्री भएसँगै प्रदेश २ को राजधानी जनकपुरधामलाई जोडेर तीन कामलाई अघि बढाउने सपना देखेका थिए। उनको तीन सपनाहरूमध्ये पहिलो जनकपुर एयरपोर्ट १३ सय रनवेबाट स्तरोन्नति गरी १५ सय रनवेमा परिवर्तन तथा रात्रिकालीन उडान गर्ने, रामायण सर्किटको माध्यमले भारतसहित श्रीलंका र इन्डोनेसिया जोड्ने र जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउने उनका सपना अधुरो रहन गयो।

जनकपुरधाम एयरपोर्टको १३ सय मिटर रनवेबाट स्तरोन्नति गरी १५ सय मिटर रनवेमा परिवर्तन गर्ने उनको सपना पूरा भए पनि रात्रिकालीन उडान गर्न पाएनन्। उनी मन्त्री भएको पहिलो पटक जनकपुरधाम जानकी महोत्सवमा सहभागी हुन आउँदा हवाईअडा तथा बसको माध्यमबाट भारतको अयोध्यासँग जोड्ने भनेका अधिकारीको सपना अधुरै रहन गयो।

उनले जनकपुर एयरपोर्टलाई स्तरउन्नति गरी आइएफआर र भिएफआर प्रविधि जडान गर्ने योजना आफ्नो १०० दिने कार्य योजनामै राखी कार्यान्वयनको प्रक्रियामा गएका थिए। साथै रात्रिकालीन सेवासमेत यसै वर्षभित्र सुचारु गरिने योजनाको काम अघि बढे पनि सुचारु हुन सकेन्। जसको काम हाल पनि चलिरहेको जनकपुर एयरपोर्टका पूर्व-प्रमुख मूरारी पौडेल बताउँछन्। 

यसैगरी आगामी पाँच वर्षभित्र उनले रामायणकालीन महत्त्व बोकेको स्थलहरू इन्डोनेसिया, श्रीलंका, भारत र नेपालका रामायणकालीन स्थलहरूलाई रामायण सर्किटको प्याकेज बनाएर चारवटै देशलाई जोड्ने रामायण सर्किटको सपनासमेत पूरा हुन सकेन्। रामायण सर्किटको माध्यमबाट पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरेको मन्त्री अधिकारीले रामायणको सुग्रिव र वालीको जन्मस्थल इन्डोनेसिया, रावण जन्मेको श्रीलंका, राम जन्मेको भारतको अयोध्या र सीता जन्मेको जनकपुरधामलाई जोड्न सकिएको खण्डमा रामायण सर्किटको महत्व बढ्ने उनको त्यो विश्वास अब सदाका लागि हराएर गयो।

जनकपुरधामलाई रामायण सर्किट निर्माण गरी शहरलाई प्रदेश २ को पर्यटकीय गन्तव्य बनाउन उनले गरेको जमर्को पूरा हुन पाएनन्। उनले कल्पना गरेका उनका यी सपनाहरू अब कहिल्यै उनले देख्न नपाउने गरी बिदा भए।    

त्यसैगरी उनले विश्वका हिन्दुहरूको आस्थाको केन्द्र जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउने उनको सपना सपनामाम
 सीमित भयो। उनले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन कम्तिमा पनि पाँच वर्ष लाग्ने भएकोले हाल लगाइएको मार्वल्स, टाईल्सलाई हटाएर प्राचिनकालको मौलिकतालाई बचाउन गरेको आग्रह  र पहल गर्ने कामसमेत अधुरो रहन गयो।

मन्दिरमा स्थापनाकालमा लगाइएका इँट्टा, काठ जस्ता सामग्रीको प्रयोगमा जोड दिँदै उनले भनेका थिए, ‘जानकी मन्दिरले यहाँको मात्र होइन, देशकै विकास मद्दत पुर्‍याउँछ, त्यसका लागि जानकी मन्दिरको अस्तित्व नै लोप हुनेगरी बनाइएको घर टहरा, पार्टीपौवा तथा सवारी साधन मुक्त हुन प्रदेश र स्थानीय सरकारले सहयोग गर्नुपर्छ। त्यसमा हामीले के गर्नुपर्छ त्यो गर्न तयार छौं। तर अब अग्रसरता स्थानीयले लिनुपर्‍यो। ’उनका त्यो अभिव्यक्ति सम्झिदै नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र भन्छन्, 'उनी एक कर्मठ र भोलिको आशालाग्दो नेता थिए।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.