|

सल्यान : सल्यानमा फोर्स जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

नेपालगञ्जबाट रुकुम पश्चिमका लागि छुटेको भे १ ज १००२ नम्बरको फोर्स जिप सल्यानको बागचौर नगरपालिका १ कालाखेत बजार नजिकै टोट्केसल्लामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। शनिबार दिउँसो १२ बजेतिर गाडी सडकबाट झन्डै १५ मिटर तल शारदा नदीमा खसेको थियो।

दुर्घटनामा घाइते रुकुम चौरहजारी नगरपालिका ६ का ७० झुते वलीले मृत्यु भएको हो। थारमारेमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याउँदै गर्दा बिचबाटोमा नै वलीको मृत्यु भएको प्रहरीको भनाइ छ।

घाइते हुनेहरुमा सल्यान दार्मा गाउँपालिका २ का २४ वर्षीय दीपेन्द्र शर्मा, कुमाख गाउँपालिका ६ का २८ वर्षीय लक्ष्मण रावत, बागचौर नगरपालिका १ का २६ वर्षीय दीपक केसी, निजकी श्रीमती २५ वर्षीया सावित्रा वली र छोरी १ वर्षीया जीया केसी, कुमाख गाउँपालिका ६ का २० वर्षीय चन्द्रप्रकाश शर्मा, बागचौर नगरपालिका १ की ४४ वर्षीया अमृता बस्नेत रहेका छन्।

यस्तै रुकुम त्रीवेणी गाउँपालिका १ का ३७ वर्षीय महेश खड्का, रुकुम त्रीवेणी गाउँपालिका ४ बस्ने २६ वर्षीय सेतुराम परियार, बाफिकोट ७ बस्ने ३५ वर्षीय अमर परियार, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा कार्यरत प्रहरी हवल्दार आसिष थापा र त्रीवेणी ३ बस्ने ४१ वर्षीय धनबहादुर केसी र पाल्पा तिनहुँ ६ बस्ने ३५ वर्षीय लालबहादुर राणा घाइते भएको प्रहरीले जानकारी दिएको छ।

घाइतेहरूमध्ये ७ जनालाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ भने बाँकी ५ जनाको जिल्ला अस्पताल सल्यानमा र १ जनाको कान्तिपुर सामुदायिक अस्पताल श्रीनगरमा उपचार भइरहेको छ। गाडी दुर्घटनाको कारण भने खुल्न नसेको प्रहरीको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.