|

दमक : पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित कृष्ण मन्दिर सडकखण्डमा मोटरसाइकल  जुध्दा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन्। 

दुर्घटनामा इलाम चुलाचुलीका ४० वर्षीय पुरणकुमार राईको मृत्यु भएको हो। यस्तै दमक–१० का २५ वर्षीय सुजन धिमाल, पाँचथर फाल्गुनन्द गाउँपालिकाका रमेश तुम्रोक र परिचय खुल्न नसकेको अन्दाजी ४० वर्षीय एक व्यक्ति घाइते भएका छन्।

गएराति ८ बजेकृष्ण मन्दिर चोकमा पूर्वबाट पश्चिम जाँदै गरेको मे ३ प १८३२ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्व आउँदै गरेको को३प ७७०० नम्बरको मोटरसाइकल ठोक्किएको थियो । 

घाइते सबैको विराटनरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। मृतक राई समाजवादी युवा फोरमका प्रदेश १ समितिका सहसंयोजक हुन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.