|

भद्रपुर, (झापा) : विभागीय टोली त्रिभुवन आर्मी क्लब सहजै बिर्तामोडमा जारी चौँथो झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई शून्यको विरुद्ध तीन गोलको फराकिलो अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी सहजै अन्तिम चारमा प्रवेश गरेको हो। अब सेमिफाइनलमा आर्मी मनाङ मर्स्याङ्दी क्लब र लाली रुपन्देही ११ बीच हुने खेलको विजेता टिमसँग भिड्नेछ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार दोस्रो दिनको क्वाटरफाइनल खेलमा आर्मीले एपिएफलाई सुरुदेखि नै मैदानमा दबाव राखेका थियो। एपिएफलाई दबाव राखेसँगै आर्मीले पहिलो हाफमा नै अग्रता लियो।

पहिलो हाफको ४३ औँ मिनेटमा आर्मीका टंक बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाए। पहिलो हाफमा एक गोलले अग्रता लिएको आर्मीले दोस्रो हाफको अन्त्यतिर दुई गोल गर्न सफल भयो। खेलको ८२ औँ मिनेटमा आर्मीका सन्तोष तामाङले गोल गर्दै अग्रता दोब्बर बनाए। आर्मीका फरवार्ड नवयुग श्रेष्ठले त्यसको एक मिनेट बित्न नपाउँदै ८३ औँ मिनेटमा गोल गरी टिमको जित सुनिश्चित गरे।

खेलमा म्यान अफ दी म्याच आर्मीका सन्तोष तामाङ घोषित भए। उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे। बुधबार विभागीय टोली नेपाल प्रहरी र थ्री स्टार क्लबबीच तेस्रो क्वाटफाइनल खेल हुने आयोजक समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.