|

कैलाली : सुदूरपश्चिम प्रदेशसभा सदस्य देवकी मल्लको अपहरणमा आफूहरूको संलग्नता नरहेको विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले जनाएको छ। नेकपाका सेती इञ्चार्ज सिकन्दरले एक विज्ञप्ति जारी गर्दै घटनामा आफूहरूको संलग्नता नरहेको स्पष्ट पारेका हुन्।

शुक्रबार दिउँसो केही समय सम्पर्कविहीन भएको सांसद मल्ललाई नेकपाले अपरहण गरेको भन्ने समाचार सम्प्रेषण भएपछि नेकपाले विज्ञप्ति निकाल्दै उक्त घटनामा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेको हो। महिला दिवसको कार्यक्रममा सहभागी हुन जाँदै गरेको अवस्थामा बझाङको केदारस्युँ गाउँपालिकाको सैन्सुबाट शुक्रबार बिहान १० बजेतिर सांसद मल्ल सम्पर्कविहीन भएका थिइन्। उनी दिउँसो चार बजेतिर सम्पर्कमा आएकी थिएन्।

सम्पर्क नहुँदा उनको अपरहण नेपाल कम्युनिष्ट पार्टीले गरेको भन्दै सञ्चार माध्यमहरूमा समाचार सम्प्रेषण भएका थिए। तर, नेकपाले भने सञ्चार माध्यमहरूमा सम्प्रेषण गरेका समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्ण गराउँदै उक्त घटनामा आफ्नो संलग्ना नभएको स्पष्ट पारेको छ।

'बझाङ जिल्लाबाट कथित निर्वाचित प्रदेश सभा सदस्य देवकी मल्लबारे हाम्रो पार्टीलाई जोडेर विभिन्न मिडियामा बएका समाचारहरूप्रति नेपाल कम्युनिष्ट पार्टी सेती व्युरोको गम्भीर ध्यानाकर्षण भएकोछ। नेपाल कम्युनिष्ट पार्टीद्वारा अपहरण गरिएको भनिएको उक्त घटनामा हाम्रो पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु', नेकपाका सेतीका इञ्चार्ज सिकन्दरले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यसअघि प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दले सांसद दुर्गम ठाउँमा रहेको र सम्पर्क हुन नसकेको बताएका थिए। उनी सम्पर्कमा आएको भए पनि उनी अपहरणमा परेकी हुन् वा होइनन् भन्ने कुरा प्रहरीले अझै खुलाइएको छैन। प्रहरीले उनी दुर्गममा रहेकाले केही बरेअघि सम्पर्क हुन नसकेको र अहिले सम्पर्क भएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.