|

भद्रपुर (झापा) : भद्रपुरमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक व्यक्ति फेला परेको छ। शव शुक्रबार दिउँसो भद्रपुर नगरपालिका–४ मायालु सामुदायिक वन परिसरभित्र फेला परेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार हत्या गरिएको व्यक्ति भद्रपुर–८ डाँगीबारीका ६५ वर्षीय वीरबहादुर राजवंशी हुन्। निवासी हुन् । उनले मालीको काम गर्दै आएका थिए। 

‘स्थानीयले वनभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए’, प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘त्यसपछि प्रहरी घटनास्थल पुग्दा उनको शव घोप्टो परेको अवस्थामा थियो।’ 

राजवंशीको घाँटीमा चोट रहकाले हत्या भएको प्रहरीको आशंका छ। प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘हत्या अन्यत्र भएको र मायालु वनमा ल्याएर फालेको हुनुपर्छ।’

राजवंशीले मानसिक रोगको औषधि सेवन गर्दै आइरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। राजवंशीको परिवारका एक समदस्यका अनुसार उनी दुई महिनासम्म भद्रपुर–८ स्थित जनता चोक नजिकै सुरेशकुमार मित्तलको घरमा मालीको काम गर्दै आइरहेका थिए। त्यहाँ काम छाडेपछि अन्य केही उद्योगीको घरमा मालीको काम गरेको स्रोतको दावी छ।

यता प्रहरीले राजवंशीको हत्याको घटनालाई मनषा सिमेन्ट उद्योगमा भएको हत्या घटनासँग जोडेर अनुसन्धान थालेको छ। मनषा सिमेन्टका म्यानेजर भारतीय नागरिक ६२ वर्षीय कमलसिंह दुगडको डेढ महिनाअघि उद्योगको क्वाटरमा हत्या गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.