|

दाङ: मोटरसाइलक र हाते ट्याक्टर आपसमा ठोक्किदा दाङमा एक व्यक्तिको मृत्यु भएको छ। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत लमही नगरपालिका १ नर्तीमा रा ५ प १७९३ नम्बरको मोटरसाइकल हाते ट्याक्टरसँग ठोक्किँदा मोटरसाइकल चालक लमही २ निवासी २० वर्षीय सुशील चौधरीको मृत्यु भएको हो।

शनिबार विहान साढे १ बजेतिर भएको दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। वडा प्रहरी कार्यालय लमहीकाका अनुसार दुर्घटनामा परी ट्याक्टर चालक बुद्धिराम चौधरी र मोटरसाइकलको पछाडि सवार राप्ती गाउँपालिका ६ निवासी अमिस चौधरी घाइते भएका छन्। घाइते दुबै जनाको बुटवलमा उपचार भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.