|

काठमाडौं : सरकार र सीके राउतबीचको सहमतिपछि मधेसमा राजनीति सरगर्मी बढेको छ। राउतले राजनीतिक मुलधारमा आउने र संविधानअनुसार राजनीतिक गतिविधि गर्ने गरी सरकारसँग सहमति गरेपछि मधेस केन्द्रित दलहरूमा उनको अबको राजनीतिक यात्रा कस्तो हुने हो? भन्ने कौतुहलता छ।

विखण्डनकारी मुद्दा बाकेको समूह राजनीतिक मुलधारमा आउनुलाई राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सकारात्मक रूपमा लिएको छ। तर, तत्कालका लागि सिके राउतसँग राजनीतिक सहयात्राको सम्भावना भने नरहेको राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवले बताउँछन्। सिके राउतले नयाँ दल दर्ता गर्नै नसक्ने उनले ठोकुवा गरे। दल दर्ताका लागि लागू गरिएको थ्रेसहोल्ड र मधेसमा राउतको लोकप्रियता कम भएका कारण नयाँ दल दर्ता हुनै नसक्ने उनले बताए।

संयोजक यादवले भने, ‘थ्रेसहोल्डकै कारण नेपालमा दलहरू ३० बाट तिनमा झेरेका छन्। यो अवस्थमा मधेसमा जसले दल खोले पनि कुनै औचित्य रहँदैन’ थाहासञ्चार नेटवर्कसँगको कुराकानीमा संयोजक यादवले भने, 'अब मधेसमा कुनै राजनीतिक दलको दोकान चल्दैन, जनताको प्रेसर अहिले जुट्नका लागि छ।’ अर्कोतर्फ राउतले निर्वाचन बहिस्कार गरेका बेला पनि उनको पक्षमा जनमत नभएको यादवले बताए। यादवले भने, ‘वैकल्पिक शक्ति निमार्णका लागि देशअघि बढी रहेको छ, उनको विखण्डनको नारा नै गलत थियो, मधेसी जनतामा राष्ट्रिता छ राष्ट्रवाद छ, त्यसैले अब उनको पक्षमा मधेसमा जनमत छैन।'

राजनीतिमा असम्भव भन्ने केही छैन, राउत राजनीतिक मुलधारमा आए र एकताको प्रयास गरे भने राजपा के गर्छ भन्ने प्रश्नमा यादवले भने, ‘हामीसँग एकता गरे राम्रो हो। तर, पहिले हामीले उठाएका संविधान संशोधन र अधिकार प्राप्तीको आन्दोलनलाई स्वीकार गर्छन् कि गर्दैनन्। उनको घोषणापत्र हेर्छौं। उनको नीति हेर्छौं। उनका व्यवहार गतिविधि हेर्छौं। त्यसपछि अनि हामी निर्णयमा पुग्न सक्छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.