|

कप्तान लिओनेल मेसीले शानदार प्रदर्शनमा बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल प्रवेश गरेको छ। मेसीले दुई गोल तथा थप दुई गोलका लागि सहयोग गरेपछि बार्सिलोनाले घरेलु मैदान नउ क्याम्पमा लियोन विरुद्ध ५–१ को प्रभावसालि जित निकालेको हो।

गोलरहित बराबरीमा पहिलो लेग सकिएपछि दोस्रो लेगमा बार्सिलोनालाई जित्नै पर्ने दबाब थियो। खेलको १६ औं मिनेटमा लुइस सुआरेजलाई जेसन डेनाएरले पेनाल्टी क्षेत्रभित्र लडाएपछि बार्सिलोनाले पेनाल्टीमा पाएको थियो। उक्त पेनाल्टीलाई मेसीले चिप गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। खेलको ३१ औं मिनेटमा सुआरेजले आकर्षक पास काउटिन्होले गोल गरे। सुआरेजले वान भर्सेस वानको स्थितिमा काउटिन्होलाई पास दिएपछि ब्राजिलियन मिडफिल्डरले खालि पोस्टमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे।

दोस्रो हाफको ५८ औं मिनेटमा लुकास टुसार्टले भलीमार्फत गोल गर्दै लियोनलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर ७८ औं मिनेटमा मेसीले एकल प्रयासमा उत्कृष्ट गोल गर्दै बार्सिलोनाको दुई गोलको अग्रता पुन टिमलाई पुर्याए। लगत्तै मेसीको पासमा नै जेरार्ड पिकेले खालि पोस्टमा गोल गर्दै अग्रता फराकिलो बनाए । खेलको ४ मिनेट समय बाँकी रहँदा मेसीकै पासमा ओस्मान डेम्बेलेले गोल गर्दै बार्सिलोनाको प्रभावशाली जित पक्का गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.