|

जनकपुरधाम : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेकपा माओवादी विप्लव समूहका लागि सरकारले वार्ताको ढोका खुल्ला राखेको बताएका छन्। उनले विप्लव समूहलाई हिंसात्मक र अराजक गतिविधि नगरी शान्तिपूर्ण वार्ताको लागि सरकारले अहिले पनि खुल्ला राखेकोले वार्ता र संवादमा आई समस्या समाधान गर्न आग्रह गर्दै अराजक गतिविधि सरकारलाई असहय हुने बताए।

बिहीबार जनकपुरधाममा प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त आयोजनामा भएको पत्रकार सम्मेलनमा मन्त्री पण्डितले डा. सिके राउतसँगको ११ बुँदे समझदारी मधेस र देशको हितमा रहेको दाबी गर्दै मधेसमा अब कुनै किसिमको राष्ट्र बिखण्डनको मुद्दा नलाग्नेमा ढुक्क रहनसमेत आग्रह गरे। उनले भने, ‘केही दिनअघि मात्र ११ बुँदे सहमतिपछि मधेसमा अब राष्ट्रिय विखण्डन, अखण्डतामा आँच आउने तथा संविधानविपरीत मुद्दाको अन्त्य भएको छ, साथै देश समृद्धि तथा विकासतर्फ अग्रसर हुनेछ।’

उनले सिके राउतले उठाएका मागहरु ११ बुँदे राष्ट्रिय सहमतिबाट समाधान भइसकेको बताउँदै बिखण्डनको मागलाई लिएर आएकाहरु राष्ट्रिय एकता सामाजिक सबलताको शूत्रमा बाँध्दै संविधानअनुरूप जनताको जनमत लिएर अघि बढ्ने विश्वाससमेत व्यक्त गरे। उनले मुलुकमा राजनीति द्वन्द्व समाप्त भएसँगै मुलुकमा स्थिरता कायम भए र अब आर्थिक समृद्धिको दिशामा देश अघि बढ्न लागेको दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.