|

काठमाडौंः भारतीय क्रिकेटर एस श्रीसंतमाथिको आजीवन प्रतिबन्ध हटेको छ। भारतीय सर्वोच्च अदालतले उनीमाथिको प्रतिबन्ध हटाइदिएको हो। म्याच फिक्सिङ गरेपछि क्रिकेटमा आजीवन प्रतिबन्धमा परेका क्रिकेटर श्रीसंतको प्रतिबन्ध हटेको हो।

सन् २०१३ मा म्याच फिक्सिङ गरेपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्डले उनलाई आजीवन प्रतिबन्ध लगाएको थियो। भारतको सर्वोच्च अदालतले आजीवन प्रतिबन्धको सजाय बढी भएकाले आगामी तीन महिनाभित्र श्रीसंतको कुरा सुन्न र सोही अनुसानको कारबाही तय गर्न आदेश जारी गरेको छ।

अब बिसीसीआईले तीन महिनामा आजिबन प्रतिबन्ध हटेपनि के कारबाही गर्ने भन्ने निर्णय गर्नुपर्ने भएको छ। श्रीसंत सहित अंकित चव्हाण र अजित चण्डीला सहित ३६ जना आइपिएलको म्याच फिक्सिङमा संलग्न भएका थिए। श्रीसंतले भारतका लागि २७ टेष्ट, ५३ एकदिवसीय र १० ट्वेन्टी ट्वेन्टी खेलेका थिए।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.