|

गुल्मी : गुल्मीका जनप्रतिनिधिहरुले राज्य कोषबाट दोहोरो सुविधा लिएर दोहन गरेको समाचार थाहाखबर डट कममा प्रकाशन भएपछि जनप्रतिनिधिहरूले दोहोरो सुविधा वापतको रकम फिर्ता गरेका छन्।

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष भरतलाल थापा पूर्व निजामती कर्मचारी भएको र उनले नेपाल सरकारकार बाट पेन्सन र गाउँपालिकाबाट मासिक तलब लिदै आएका थिए। यस्तै सोही गाउँपालिकाका वडा नं ६ हरेवाका वडा अध्यक्ष गोकर्ण प्रसाद शर्माले पूर्व शिक्षक भएकाले नेपाल सरकारबाट पेन्सन र गाउँपालिकाबाट मासिक तलब लिँदै आएका थिए।

अध्यक्ष द्वयले शुक्रबार  चन्द्रकोट गाउँपालिकाबाट लिएको मध्ये भरतलाल थापाले २ लाख  ३७ हजार छपन्न रुपैयाँ र गोकर्ण प्रसाद शर्माले २ लाख चारहजार ४ सय १६ रुपैयाँ गाउँपालिकाको संचित खातामा जम्मा गरिदिएको गाउँपालिकाका सूचना अधिकारी वसन्त रावतले जानकारी दिए। 

संघीय तथा प्रदेश ५ को कानुनअनुसार नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकारको सेवाबाट अवकाश लिई  यस्तो सरकार वा तहबाट निबृत्तिभरण पाइरहेको  व्यक्ति वा पदाधिकारी , सदस्य वा सभा सदस्यले मासिक सुबिधा वा निबृत्तिभरण मध्ये  कुनै एक मात्र सेवा लिन पाउने स्पस्ट उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.