|

सल्यान : सल्यान जिल्लामै ब्लड बैंक नहुँदा आकस्मिक रूपमा रगत चाहिएका बिरामीले समस्या बेर्होदै आइरहेका छन्। आकस्मिक रगत चाहिएमा सेना, प्रहरी धाउनु पर्ने बाध्यता रहेको छ। सुत्केरी आमा र दुर्घटनामा घाइते बिरामीलाई रगत बढी चाहिने भए पनि जिल्लामा ब्लड बैंक नहुँदा उपचारमा निकै समस्या हुने गरेको सल्यान जिल्ला अस्पताल सल्यानले जनाएको छ।

'रगत चाहिएको समयमा अन्य बिरामीका कुरुवा, सेना, प्रहरीको सहयोग माग्नु परेको छ' जिल्ला सल्यान जिल्ला अस्पताल सल्यानका प्रमुख डा. अर्जून बुढाले भने, 'रगत आवश्यकता पर्दा पहिले सम्झिने नाम हो सेना, प्रहरी र स्थानीय।' 

रगतको अभाव भएर बिरामी छट्पटाई रहँदा अस्पतालमा आएका  बिरामीका कुरुवा, सेना प्रहरीलाई गुहार माग्नु पर्ने बाध्यता रहेको उनको भनाई छ।

जिल्लामा ब्लड बैंक नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको छ। एक हप्ताको बीचमा १२ जना बिरामीलाई रगत दिनु परेको अस्पतालका ल्याप टेक्निसियन भीम रोकाले बताए। यो अहिलेसम्मकै अधिक भएको समेत उनले बताए।

अस्पतालबाट रगतका लागि फोन आउदा ड्युटीमा रहेका प्रहरीलाई हतार हतारमा पठाउने गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख वीरेन्द्र बहादुर शाहीले बताए। उनले भने 'सेना र प्रहरीले धेरैको ज्यान बचाएका छन्। ब्लड बैंक थियो भने त्यहीँबाट दिन मिल्थ्यो।' जिल्ला अस्पतालको मागअनुसार सेना र प्रहरीले यसरी आपतकालीन रक्तदान गर्न थालेको वषौं बितिसकेको उनको भनाई रहेको छ।

जिल्लामा ब्लड बैंक स्थापनाका लागि प्रदेश सरकारसँग आग्रह गर्नुका साथै पत्राचार गरेको अस्पताल विकास समितिका अध्यक्ष दामोदार शर्माले बताए। अस्पताल विकास समितिको बैठक बसेर सामाजिक विकास मन्त्रालयमा पत्राचार गरेको र मन्त्रालयले पनि आश्वाशन दिएको उनको भनाई रहेको छ। बिरामीहरूलाई स्वास्थ्यको पहुँच भित्र ल्याउनका लागि पनि ब्लड बैंक आवश्यक रहेको शर्माले बताए। सुत्केरी हुन आउने महिलाको संख्यामा क्रमिक वृद्धि आएका कारण पनि पछिल्लो समय रगतको माग बढ्दै गएको शर्माले बताए।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.