|

मगु : मुगु जिल्ला धार्मिक तथा पर्यटकीय क्षेत्रले भरिपूर्ण छ। तर, मुगु जिल्लामा भएका धार्मिक तीर्थस्थल, पर्यटकीय क्षेत्रको प्रचार-प्रसार नहुँदा मुगु जिल्लामा रहेका पर्यटकीय सम्भावना बोकेका धार्मिकस्थल तथा सुन्दरताले भरिपूर्ण हिमाल आझेलमा छन्। त्यस्तै, आझेलमा छ कोइकी हिमाल।

मुगु जिल्लाको पूर्वी करान भेगमा पर्ने  मुगुम कार्मारोङ गाउँपालिका २ मा कोइकी हिमाल छ। तर कोइकी हिमाल प्रचार-प्रसारको अभावले गुमनाम जस्तै छ। कोइकी हिमालका बारेमा न त स्थानीयले चासो दिइएका छन् न जिल्लाले। यसको बारेमा कसैले चासा नराखेका बेला पनि सयौँ विदेशी पर्यटक कोइकी हिमाल खोज्दै मुगु आउँछन्।

विदेशी पर्यटक

कोइकी हिमाल खोज्दै विदेशी पर्यटक बर्सेनि खोज्दै आउने र कोइकी हिमाल चढ्ने गरेका मुगुम कार्मारोङ गाउँपालिका २ का स्थानीय छेतुङ लामा बताउँछन्। उनका अनुसार जापानी, फ्रान्सेली अमेरिकीलगायत विभिन्न देशका विदेशी पर्यटक यहाँ आउने गर्छन्। कोइकी हिमाल चढ्न खोज्जछन् तर आजसम्म चढ्न नसेका उनी बताउँछन्। सदरमुकाम गमगढीबाट झण्डै तीन दिन हिँड्दा कोइकी  हिमाल पुगिन्छ। कोइकी हिमालबाट चीनको केही दृश्य, डोल्फा र मुगुका विभिन्न क्षेत्रको अवलोकन गर्न सकिन्छ। समुन्द्री सतहबाट झण्डै सात आठ हजार मिटरको उचाइमा पर्ने हिमालभित्र पनि कोइकी हिमाल पर्छ। 

चंखेली हिमाल

साविकको रुगा गाविसमा तथा छायानाथ रारा नगरपालिका १४ मा अवस्थित चंखेली हिमाल पनि आझेलमा छ। नेपाली १ रुपैयाँको नोटमा अंकित चंखेली हिमाल समुद्री सतहबाट २९ सय मिटर उचाइमा रहेको छ। हुम्ला र मुगु जिल्लाको दोसाँधमा रहेको उक्त चंखेली हिमाल साविकको  कर्णाली अञ्चलकै ठूलो हिमालका रूपमा लिइन्छ। २०३५ सालमा तत्कालीन राजा वीरेन्द्रले दुई दिनसम्म शिकार गरेर रमाएका थिए। पर्यटकीय रूपमा सुन्दर देखिने उक्त हिमाल संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।

सदरमुकाम आसपासमा रहेका पर्यटकीय स्थान रारा, चंखेली र छायानाथ तीर्थस्थल मुगुका मौलिक एवं प्राकृतिक गहनाका रूपमा रहेको चंखेली हिमालको बेवास्ताका कारण पर्यटकीय स्थान भएर पनि पर्यटकका लागि अपरिचित भएको मुगु नागरिक सञ्जालका अध्यक्ष चित्रबहादुर मल्ल बताउँछन्। चंखेली हिमाल हेर्नमा मात्र आकर्षण छैन, आसपासका बाम गाउँ, फाइपाटालगायतका गाउँ र चिर कालिज, कस्तूरी मृग, गुराँस, भोजपत्रका रूख लगायतका वनस्पति र गोदेगाड खोला पनि मुख्य आकर्षकका स्थल हुन्।

सदरमुकाम गमगढीबाट ३ घण्टाको पैदल दूरीमा रहेको उक्त चंखेली क्षेत्र सडक बाटो र सुविधा सम्पन्न होटेल र सुरक्षाको उचित बन्दोबस्त गरे आन्तरिक एवं बाह्य पर्यटकको संख्यामा घुइँचो लागि जिल्लाको कायापलट हुने सुनिश्चितता रहेको छ।

काञ्जिरोवा हिमाल

काञ्जिरोवा हिमाल मुगुम कार्मारोङ गाउँपालिकामामा पर्दछ। यो हिमालले मुगु र डोल्पाको सीमामा अवस्थित छ। यस्ता मनै लोभ्याउने हिमाल छन। तर, प्रचारप्रसारले ओझलमा छन्। यो हिमाल पनि समुन्द्र सतहदेखि पाँच हजार फिटको उचाइमा अवस्थित छ। मुगु यस्ता हिमाल तालतलैया धेरै छन तर यस्ता हिमाल तालतलैयाको खोजी भएको छैन। संरक्षण भएको छैन। काञ्जिरोवा हिमालको छाया रारा तालमा पनि पर्छ। मुगुमा रहेका हिमाल आझेलमा पर्नुमा सडक सञ्जालको उचित व्यवस्था नहुनु नै हो।

रारासँग मुगु जिल्लाका पर्यटकीय क्षेत्र चखंली हिमाल छायानाथ, खेस्ममालिका, थार्प मस्टा, कोइकी, काञ्जिरोवा हिमाललाई जोड्न नसकेकाले मुगु जिल्लामा रहेका पर्यटकीय क्षेत्र ओझलमा परेका कर्णाली प्रदेशसभा सदस्य दानसिंह परियारले बताए। उनका अनुसार प्रचारप्रसार गर्न सुरुमा त स्थानीय सरकारले कदम चाल्नु पर्ने बताए। मुगुमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचाहन गरी प्रचारप्रसार गरेमा मुगु जिल्लाको आर्थिक उपजमा टेवा पुग्ने मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.