|

राजनीतिक संकटबाट गुज्रिरहेको दक्षिण अमेरिकी देश भेनेजुयलाले भारतलाई भारतीय रुपैयाँ (भारू)दिएर तेल लैजान भनेको छ। भेनेजुयलाको यो प्रस्तावमा भारतले विचार गरिरहेको बीबीसीले लेखेको छ।

भेनेजुयलामा हाल अमेरिकाले प्रतिबन्ध लगाएको छ। यसैबीच भेनेजुयलाले अमेरिकी डलर नतिरी भारूमै तेल लैजाने विकल्पसहितको प्रस्ताव गरेको हो।

भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोको सत्तालाई अमेरिकाले बर्खास्त गर्न चाहेको छ। तर, मडुरो भने सत्ता छोड्न तयार छैनन। जसका कारण अमेरिकाले भेनेजुयलामाथि दर्जनौँ प्रतिबन्ध गलाएको छ।

गत जनवरीमा अमेरिकाले विपक्षी नेता हुवा गुएइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएको थियो। उनलाई राष्ट्रपति बनाउन अमेरिकाले अन्य देशहरूसँग मिलेर प्रतिबन्ध लगाइरहेको छ र दबाब सिर्जना गरिरहेको छ।

यसैबीच अमेरिकाले भारतमाथि पनि व्यापारका क्षेत्रमा दबाब सिर्जना गरिरहेको छ। भेनेजुयलबाट तेल आयातमा कटौती गर्न पनि भारतमाथि अमेरिकाको दबाब छ।

भारतले तेल आयात गर्ने दुई ठूला मुलुक भेनेजुयला र इरानमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ। यसका लागि भारतसँग अमेरिकाको दबाब थेग्ने वा तेल आयात बन्द गर्ने विकल्प रहेको अथवा भेनेजुयलाले भनेजस्तै भारूमा नै तेल आयात गर्ने विकल्प रहेका छन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.