|

झापा : भद्रपुर नगरपालिका ९ स्थित चन्द्रगढी सामुदायिक वनमा भीषण आगलागी भएको छ।

हावाहुरी चलेकोले वनको करिब एक सय विगाहा क्षेत्रफलमा आगो फैलिएको छ। आगलागी नियन्त्रण बाहिर गएको छ।

चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको कार्यालयदेखि एक किलोमिटर पश्चिमको वन क्षेत्रमा सोमबार बेलुका ६ बजेदेखि आगलागी भएको थियो। वनमा लागेको आगो राति साढे ९ बजेसम्म पनि नियन्त्रणमा नआएको समितिका सचिव अनुज खतिवडाले जानकारी दिए। भद्रपुर ९ स्थित प्रतिभाचोक नजिकै वन क्षेत्रमा आगलागी भए पनि गाउँतर्फ नआएको उनको भनाइ छ।

आगो नियन्त्रणका लागि भद्रपुर नगरपालिकाको एउटा बारुण यन्त्र प्रयोग भइरहेको छ। आगो नियन्त्रणका लागि नेपाल प्रहरी र स्थानीय खटिएका छन।

चन्द्रगढी ब्यारेकबाट नेपाली सेना पनि आगो नियन्त्रण गर्न खटिएको छ। आगो के कारणले लागेको भन्ने अझै नखुलेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

‘वनमा आगो लागेको खबर आएपछि समितिका केही व्यक्ति आगो निभाउन गएका थियौँ’, समितिका सचिव खतिवडाले भने, ‘त्यहाँ पुग्दा दुई जना व्यक्ति हामीलाई हेरेर भागे, हामी आगो नियन्त्रणको प्रयास गर्नतर्फ लाग्यौँ, नियन्त्रणभन्दा बाहिर गएपछि बारुण यन्त्र बोलाएका हौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.