|

नुवाकोट :  जिल्ला अदालतले तोकेको धरौटी रकम बुझाउन नसकेको आरोपमा दुई महिनाभन्दा लामो समयदेखि एक महिला कारागारमा बस्न बाध्य भएकी छन्।

बहुविवाह आरोपमा पक्राउ परेकी महिलासँगै पक्राउ परेका पुरुषले तोकिएको धरौटी रकम बुझाएर रिहा भए पनि महिलाले भने रकम तिर्न नसक्दा कारागारमै बस्न बाध्य भएकी हुन्।

लिखु गाउँपालिका–६ की २५ वर्षीया अप्सरा पन्तले अदालतले तोकेको  पाँच हजार धरौटी बुझाउन सकेकी छैनन्। गत पुस ५ गते लिखु–६ का ६४ वर्षीय रामशरण भेटवालसँग दोस्रो विवाह गरेको आरोपमा उजूरी परेपछि भेटवाल र पन्तलाई पुस ८ गते प्रहरीले पक्राउ गरेको थियो।

पुस २७ गते जिल्ला अदालतले दोस्रो विवाह गर्ने भेटवाल र दोस्रो श्रीमती भनिएकी पन्तलाई क्रमशः १५ हजार र पाँच हजार धरौटीमा तारेखमा रिहा गर्ने आदेश दिएपछि भेटवाल तोकिएको धरौटी रकम तिरेर सोही दिन रिहा भए। दोस्रो विवाह गरेका भनिएका भेटवालले दोस्री श्रीमती पन्तको धरौटी रकम नतिरेपछि पन्त भने कारागार चलान भएकी हुन्।

विचाराधीन मुद्दामा धरौटी रकम तिर्न नसके फैसला नभएसम्म कैद बस्नुपर्ने कानूनी व्यवस्था रहेको जिल्ला कारागारका जेलर टङ्क चिमोरियाले जानकारी दिए। अन्तिम फैसला भएका मुद्दामा भने धरौटी रकम तिर्न नसके कारागारमा बस्दा दैनिक  तीन सयको दरले कैदमा कटौती हुँदै जाने व्यवस्था छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.