|

भद्रपुर (झापा) : संघीय सरकारले झापालाई पहाडसँग दाजेर ‘फागु डोल पावनी’ अर्थात् होली पर्वको सार्वजनिक बिदा दिएको भन्दै राजवंशी समाज विकास समिति झापाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन ज्ञापनपत्र पठाएको छ। 

थाहाखबरमा ‘बिदामा विवाद : झापा पहाड कि तराई?’ शीर्षकमा समाचार प्रकाशित भएपछि राजवंशी विकास समितिले चैत ७ बिहीबार तराई होलीका दिन सार्वजनिक बिदा दिन माग गरेको हुन्। यस वर्षको होली पहाडमा चैत ६  बुधवार पर्दछ। सोही दिन झापामा सार्वजनिक बिदा दिइएको छ। तर, झापावासीले चैत ७ मा होली मनाउने तयारीमा गरेका छन्। पहाडको होलीका दिन सार्वजनिक बिदा दिन थालिएकाले तीन वर्षदेखि होलीको बिदा विवादित बन्दै आइरहेको छ। 

पहाडमा मनाइने होलीको भोलिपल्ट तराईमा पर्ने झापामा होली मनाइन्छ। तर, सरकारले झापाको होली बिदा पहाडमा मनाइने दिन दिन थालेकोमा आपत्ति जनाउँदै सो निर्णय सच्चाउन समितिले सरकारसमक्ष माग समेत राखेको छ।

समाजका जिल्ला अध्यक्ष पुकारचन्द्र राजवंशीको नेतृत्वको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रको बोधार्थ प्रदेश १ का मुख्यमन्त्रीलाई पठाइएको छ।

बिदा विवाद : झापा पहाड कि तराई?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.