|

ओखलढुङ्गा : मानेभञ्ज्याङ गाउँपालिका–५ बोलेथामडाँडामा स्काभेटर दुर्घटना हुदा चालकको मृत्यु भएको छ। 

दुर्घटनामा सुनकोशी गाउँपालिका–३ सिस्नेरीका करिब १८ वर्षीय जीवन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।

मंगलबार अपराह्न साढे ५ बजे  सोलु कोरिडोरको टावरको पोल राख्न खाल्डो खन्ने क्रममा ना १ क ७७९४ नम्बरको स्काभेटर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख डिएसपी पुष्पराज मल्लले बताए। डोजर सडकबाट करिब ८०० मिटर तल खसेको छ। दुर्घटनास्थल विकट ठाउँमा भएकाले मृतकको शव निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.