|

दक्षिण कोरियामा अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा विवाह दरमा कमी आएको तथ्यांक सार्वजनिक भएको छ। आर्थिक अस्थिरता लगायतका कारण यहाँका युवायुवतीले विवाहलाई कम प्राथमिकता दिन थालेको समाचारमा उल्लेख छ।

सन् २०१८ मा एक हजार युवायुवतीमा ५ प्रतिशतले विवाह गरेको पाइएको छ। यो तथ्यांक अहिलेसम्मकै सबैभन्दा न्यून हो। कोरियाको तथ्यांक विभागले वैवाहिक सम्बन्धको दर के कति रहन्छ भनेर सन् १९७० देखि तथ्यांक संकलन गर्ने गरेको छ। समाचारमा जनाइएअनुसार यो वैवाहिक दर सन् १९७० पछिकै सबैभन्दा कम हो।

सन् १९८० मा यहाँका युवायुवतीमा विवाह दर प्रति एक हजारमा १०.६ प्रतिशत रहेको थियो। उक्त विभागले यो तथ्यांक शुरु गरेयताको सबैभन्दा बढी दर हो। यो तथ्यांकमा बर्सेनि कमी आउन थालेको हो। सन् १९९० यो दर घटेर मा ९.३, सन् २००० मा ६.५ र सन् २०१० मा ६.५ हुँदै आएको थियो।

दक्षिण कोरियाली नागरिकमा पहिलो पटक विवाह गर्ने उमेर दर पुरुषमा ३३.२ वर्ष र महिलामा यो उमेर दर ३०.४ वर्ष छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.