अध्ययन भन्छ, धूमपानभन्दा खतरा

|

के तपाईँ चियाको पारखी हुनुहन्छ? चिया पिउने लत छ। धेरै तातो चिया नपिउनुहोस्। क्यान्सर होला! 

इरानको तेहरान युनिभर्सिटी आफ मेडिकल साइन्सले गरेको एक अध्ययनले तातो चिया पिउँदा क्यान्सर हुने निष्कर्ष निकालेको छ। 

सन् २००० देखि २०१७ सम्म गरिएको सो अध्ययनमा ६० डिग्री सेन्टिग्रेट भन्दा  तातो चिया पिउँदा क्यान्सरको खतरा हुने निष्कर्ष निकालेको हो। क्यान्सरका कारण संसारमा महिला भन्दा बढी पुरुष प्रभावित हुँदै आएको छ। चिया पिउँदा धेरै तातो भन्दा पनि केही चिसो बनाएर पिउन अध्धयनमा भनिएको छ।

धरै तातो चिया पिउनु धूमपानभन्दा पनि बढी खतरा हुने अध्धयनले देखाएको छ।  प्रतिदिन ६० डिग्री सेल्सियस भन्दा धेरै ७०० मिलिलिटर चिया पिउने मानिसमा ९० प्रतिशत भन्दा बढी क्यान्सको जोखिम हुने जनाइएको छ। 

यसले बच्चाको वृद्धि विकासमा बाधा पुर्‍याउने र रगतको प्रवाहलाई रोक्नेसमेत गरेको जनाइएको छ। धरै तातो चिया पिउने चीन, इरान, अमेरिका टर्कीमा पिउने गरिएको जनाइएको छ। 

करिब १७ वर्ष लगाएर ५० हजार भन्दा बढी मानिसमा अध्ययन गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.