|

उदयपुर : चुरे क्षेत्रमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ। गाईघाट डिभिजन वन कार्यालयका निमित्त प्रमुख चूडामणि खतिवडाले सुख्खा मौसमका कारण गाईघाट डिभिजन क्षेत्रका वनमा ढडेलो बढ्दै गएको बताए।

‘झण्डै ६० देखि ७० हेक्टर वन क्षेत्रमा आगो लागि सकेको छ,’ उनले भने, ‘हामीले यकिन तथ्याङ्क  निकालेका छैनौँ, तर, डढेलो बढ्दै गएको छ, नियन्त्रण प्रयास जारी छ।’

सुख्खाका मौसमका कारण गाईघाट डिभिजन मातहतका वनमा डढेलो बढ्दै गएको हो। उदयपुरकै त्रिवेणी डिभिजन कार्यालयका मातहतमा रहेका वनमा पनि डढेलो बढेको डिभिजन प्रमुख दानबहादुर श्रेष्ठले बताए। ‘कटारी त्रिवेणी क्षेत्रमा दुईदेखि चार हेक्टर वन सखाप भएको छ, समथर क्षेत्रमा कटारी नगरपालिकाको दमकल सहित प्रयोग गरेर नियान्त्रण गर्ने काम गरे पनि, डढेलो लागेको सूचना आउनेक्रम जारी छ।’

चुरेक्षेत्रका विभिन्न भागबाट वन ढडेलो क्रमिक रूपमा बढ्दै गएको वन कार्यालय गाईघाट र त्रिवेणीको भनाइ छ। सम्बन्धित सामुदायिक वन समूहले समेत ढडेलो नियन्त्रणमा चासो नदेखाउँदा र सुख्खा मौसम भएकाले समस्या भएको कार्यालयको भनाइ छ। कटारी नगरपालिकाका क्षेत्रमा समथर क्षेत्रमा कटारी नगरपालिकाकाले दमकल प्रयोग गरेर आगो नियन्त्रण गरेको छ। डढेलो लाग्नबाट बचाउन वन कर्मचारी, मातहतका कार्यालय र सामुदायिक वन समूहहरुलाई सचेत गराइएको गाईघाटका डिभिजन वन कार्यालयका निमित्त प्रमुख खतिवडाले बताए। 

चुरे वनक्षेत्रसँग जोडिएको बेलका, चौदण्डी, त्रियुगा, कटारी नगरपालिकाका र उदयपुरगढी गाँउपालिकामा पर्ने चुरेमा डढेलो सुरु भएको छ। विभिन्न सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रमा लागेको डढेलो नियत्रन्यामा नआउँदा सयौ हेक्टर वन जलेको छ। चुरे वनसँग जोडिएका सदरमुकाम गाईघाट आसपासका विभिन्न सामुदायिक वन उपभोक्ता समूहका वन  पाँच दिनअघिदेखि निरन्तर रूपमा जलिरहेको छ। 

सल्केको डढेलोले सर्वसाधण त्रसित

सुख्खा मौसम सुरुभएसँगै चुरे वन क्षेत्रमा सत्केको डढेलोको कारण सर्वसाधरण क्रसित बनेका छन। चुरे वन क्षेत्र छेउछाउ बस्ने सर्वसाधरणहरु वस्तिमा आगो आउने भयका कारमण त्रसित बनेका हुन।चुरेका क्षेत्रमा बसोबास गर्ने सर्वसाधरणको घरमा थाकल तथा खरले छाएको फुस्को छाना छन। जस्को कारण हावाहुरीले उडाएर लगेको आगो सल्किन सक्ने सर्वसाधरणको भनाइ छ। 

त्रियुगा नगरपालिकासहित पूर्वीक्षेत्रको चुरे जङगलको विभिन्न सामुदायिक वन क्षेत्रमा केही दिनयता आगलागी निरन्तर जारी छ। नगरपालिकाको त्रिवेणी सामुदायिक वन र मोथ्याई सामुदायिक वनक्षेत्रमा व्यापक आगलागी नियन्त्रण लिइएको थियो। डढेलोलाई गाउँक्षेत्रमा प्रवेश गर्ने खतरा बढे पछि वन कार्यालयको अगुवाइमा सामुदायिक वन, स्थानीय वासीसहित ५० जनाले दुई दिन लगाएर डढेलो पर्णरूपमा नियन्त्रण लिएका थिए। 

यस्तै नगरपालिकाको त्रिवोणी सामुदायिक वन मोतिगडा चुरे क्षेत्रमा पनि दुई दिनदेखि व्यापकरूपमा लागेको डढलो पनि वन कार्यालयले नियन्त्रणमा लिएको थियो। 

यसरी लाग्छ, डढेलो

डढेलो डढेलो लगाएपछि वनमा नयाँ घाँस उम्रिने विश्वासमा सर्वसाधारणले वनमा डढेलो लगाउँछन्। जनचेतना अभावका कारण स्थानीयले लगाउने आगो हुरीका कारण फैलेर वन सखाप हुने गरेको छ। यसरी लग्ने डढेलोले बस्ती पुग्दा जनधनको क्षति हुने गरेको छ। ‘नयाँ घाँस पलाउने विश्वासले डढेलो लगाउने गर्छन्’, त्रियुगा नगरपालिका–१३ का गायत्रा काफ्लेले भनिन्, ‘डढेलोका कारण अमूल्य जडिबुटी, बोटबिरुवा नष्ट हुने गरेको छ।’ 

सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी र ठेकेदार समेतको मिलेमतोमा डढेलो लगाउने गरेको स्थानीयवासीको बताउँछन्। ‘वनमा डढेलो लगाएपछि वनका रुख मर्ने भएकाले त्यसलाई बिक्री गर्न पाइन्छ।’ 

रिस्कुका स्थानीय बोधकुमार मगरले भने, ‘त्यसका लागि ठेकेदार र वनका पदाधिकारी मिलेर ढडेलो लगाउँछन्।’ तर, डढेलो लगाउनेको पहिचान गरी कारवाही गरेको अहिलेसम्म नसुनिएको छैन', उनले भने। गाईघाट डिभिजन निमत्ति प्रमुख खतिवडा पनि सर्वसाधरणकै हेलच्क्राँइका कारण अनि नयाँ घाँस पलउने भन्दै डढेलो लगाउने प्रवृत्तिका कारण चुरेको डढेलो लागेको बताउँछन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.