|

भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशकी पूर्वमूख्यमन्त्री तथा बहुजन समाजवादी पार्टी प्रमुख मायावती लोकसभा निर्वाचन नलड्ने भएकी छन।

मायावतीले लोकसभामा आफू उम्मेदवार नबन्ने घोषणा गरेकी छन। उनले वर्तमान अवस्था हेरेर आफूले निर्वाचन नलड्ने र उत्तर प्रदेशमा गठबन्धन मजबुद बनाउने काम गर्ने उद्येश्य रहेको बताएकी छन। उत्तर प्रदेशमा बिएसपीले अखिलेश यादव अध्यक्ष रहेको समाजवादी पार्टीसँग चुनावी गठबन्धन गरेको छ।

मायावतीले आफू निर्वाचनमा उम्मेदवार बने लोकसभामा निर्वाचित हुने पनि दाबी गरेकी छन। उनले भनिन, 'म उत्तर प्रदेशबाट चार पटक लोकसभा जीतिसकेकी नेतृ हुँ। दुई पटक विधायक जितेकी छुँ। यस्तो अवस्थामा म प्रदेशको जुनसुकै सिटबाट उम्मेदवार बने पनि जित्छुँ। मैले उम्मेदवार मात्रै बन्नुपर्छ, बाँकी काम मेरा समर्थक नै गरिदिनेछन।'

मायावतीले उत्तर प्रदेशमा एसपी र बिएसपीको गठबन्धन मजबुद रहेको पनि दाबी गरेकी छन।

यसअघी सत्ताधारी दल भारतीय जनता पार्टीका ठूला नेताहरूले चुनाव नलड्ने घोषणा गरेका छन। खासगरी विदेशमन्त्री सुष्मा स्वराजलगायत नेत्रृहरूले अब निर्वाचन नलड्ने घोषणा गरेका थिए।

भारतमा अप्रिलमा  लोकसभा निर्वाचनको मिति घोषणा गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.