|
भाजपा अध्यक्ष अमित शाह र प्रधानमन्त्री मोदी

लोकसभा निर्वाचनको नजिकै पूर्वोत्तर भारतमा सत्तारुढ दल भारतीय जनता पार्टीलाई ठूलो झट्का लागेको छ।

पूर्वोत्तर भारतमा भारतीय जनता पार्टीबाट मन्त्रीसमेत रहेका २३ सांसद तथा नेताहरूले पार्टी परित्याग गरेका छन।

बीबीसीका अनुसार अरुणाचञ्चल प्रदेशमा मात्रै भाजापाका दुई मन्त्री र ६ विधायकसमेत २० नेताले पार्टी परित्याग गरेका छन। उनीहरू नेसनल पिपस्स पार्टी (एनपिपी)मा प्रवेश गरेका छन।

पार्टी परित्याग गर्नेमा गृहमन्त्री कुमार वाई, पर्यटनमन्त्री जरकार गामलिन, बीजेपी महासचिव जरपुम गामबिनसमेत विधायकले पार्टी छोडेका छन। अरुणाञ्चल प्रदेशसभामा एनपिपीका अब १३ सांसद भएका छन।

६० सदस्यीय विधानसभामा अझै पनि भाजपाका ४० विधायक छन।

गत आइतबार मात्रै भारतीय जनता पार्टीले अरुणाञ्चलमा विधानसभाका लागि ५४ सिटमा उम्मेदवारको सूची जारी गरेको थियो।

अरुणाञ्चलमा ११ अप्रिलमा दुई लोकसभा र विधानसभाको निर्वाचन हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.