|

काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौंले झुटो समाचार लेखेर अफवाह फैलाएको अभियोगमा एक पत्रकारलाई पक्राउ गरेको छ। परिसरको टोलीले केही दिन अगाडि अनलाइन मिडियामा काठमाडौंका १० स्थानमा बम विस्फोट भयो भन्ने झुटा समाचार लेखेर अफवाह फैलाएको अभियोगमा कपिलवस्तुका २१ वर्षीय गौरव खनाललाई बुधबार रुपन्देहीबाट पक्राउ गरेको हो।

परिसरका प्रवक्ता होविन्द्र बोगटीले ‘आवाज डटकम’ अनलाइनमार्फत जथाभावी समाचार लेखेर अफवाह फैलाएका आरोपमा खनाललाई पक्राउ गरिएको जानकारी दिए। 'अनलाइनमा अमर्यादित, भ्रमपूर्ण समाचार सम्प्रेषण गरी अफवाह फैलाएकाले पक्राउ गरेका हौँ', प्रहरी नायब उपरीक्षक बोगटीले भने। अभियुक्त खनाललाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी साइबर अपराधमा अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.