|

इराकमा डुंगा दुर्घटना हुँदा कम्तीमा एक सय जनाको मृत्यु भएको छ। 

इराकको मोसुल शहरमा टिगरिस नदी पार गर्ने क्रममा २ सय भन्दा धेरै मानिस चढेको डुंगा पल्टिर उनीहरुको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 
मृत्यु हुनेमा ६१ महिला र १९ बालबालिका छन्। उनीहरु सबै घुम्नका लागि पर्यटकीय क्षेत्रमा जाँदै गरेको बीबीसीले जनाएको छ। ५५ जनाको भने सकुशल उद्दार गरिएको छ।

अधिकारीहरुका अनुसार उनीहरुलाई मोसुल बाँधको ढोका खोलिएकाले नदीमा पानीको सतह बढेको बारेमा पहिला नै चेतावनी जारी गरिएको जनाएका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.