|

संखुवासभा : विकट उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा सडक सञ्जाल नहुँदा उपचारका लागि हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता छ। हेलिकोप्टर भोटखोलाबासीको एम्बुलेन्स अहिले भएको छ।

आधारभूत स्वास्थ्य सुविधा नपाउँदा यहाँका बासिन्दाले राज्यबाटै अपहेलनामा परेको महसुस गर्ने गरेका छन्। सडक सञ्जालले नजोडिँदा यातायात तथा ढुवानी सेवाबाट वञ्चित हुनु परेको छ। 

आकस्मिक बिरामी परे भने भोटखोलाका नागरिकले लाखौं रुपैयाँ खर्चर काठमाडौं पुग्नुपरेको स्थानीय डुक्पा थिकेपा भोटेले जानकारी दिए। भोटखोलाबासीले चीनबाट आधारभुत सेवा लिइ रहनु परेको गुनासो गरे। स्वास्थ्य क्षेत्रकै सेवा लिन आय श्रोत नभएका नागरिकले लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने बाध्यताका कारण घर खेत बेच्नुपर्ने अवस्था रहेको भोटेले बताए। देशमा राजनीतिक परिर्वतन आए पनि  भोटखोला गाउँपालिका क्षेत्रले यसको अनुभव नै गर्न सकेको छैन।

बिरामीले उपचार सुविधाका लागी स्वास्थ्य केन्द्रमा पुग्न हवाइ यातायातका साधन हेलिकोप्टरका लागि खर्च गर्नु परेको छ। मौसम प्रतिकूल भएको बेला यो यातायात पनि भरपर्दो हुँदैन। मौसम अनुकुलता र आर्थिक क्षमताका आधारमा हेलिकोप्टर सेवा लिन सकिन्छ। तर दुवैमध्ये एक मात्र अवस्था भएमा यो सेवा भरपर्दो हुँदैन, वङ्जुक भोटेले बताए। आर्थिक क्षमता भएकाले बिरामी पर्दा हेलिकोप्टर चार्टर गर्छन्। तर यहाँ उडान निशेधित क्षेत्र भएकाले उडान भर्न अनुमति लिनुपर्ने प्रक्रिया झञ्झटिलो छ। यसले गर्दा बिरामीले अकालमा ज्यान गुमाउनु परेको हेलिकोप्टर व्यवसायी मिङ्मा शेर्पाले बताए।

पाँच वर्षदेखि हवाइ एम्बुलेन्सको काम गर्दै आएका मिङ्माले हालसम्म यस क्षेत्रबाट ३० भन्दा बढी बिरामीको उद्धार गरिसकेका छन्। सडक सञ्जाल नजोडिएका कारण हेलिकोप्टर चार्टर गुर्नपर्ने बाध्यता छ। तर निषेधित क्षेत्रका कारण समयमा बिरामी उद्धार गर्न पनि समस्या भएको छ।  उडान अनुमति प्रक्रिया छिटो समयमा उपलब्ध गराउनु पर्ने हेलिकोप्टर व्यवसायी बताउँछन्।

संखुवासभाको किमाथांका तिब्बतसँग जोडिएको अन्तिम उत्तरी बिन्दु हो। किमाथांका भ्रमणमा देशका प्रभावशाली नेता तथा निकाय पुगिसकेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, तत्कालीन उपप्रधानमन्त्री तथा भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, पूर्व परराष्ट्रमन्त्री सुजाता कोइराला, पूर्व अर्थमन्त्री रामशरण महत लगायत नेताले उक्त क्षेत्रको भ्रमण गरिसकेका छन्। तर उनीहरू आएर पटक पटक सडक र किमाथांका नाका सञ्चालन गर्ने प्रतिबद्धताहरू भोटखोलाबासीहरूले  बिर्सेका छैनन्।

संखुवासभाबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरूले चुनावताका भोटखोलामा सडक, खानेपानी, बिजुली र स्वास्थ्य क्षेत्रको सुधारमा प्राथमिकता दिने प्रतिबद्धता जनाएका थिए। तर ती चुनावी एजेण्डा नारामा मात्र सीमित छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.