|

सिन्धुली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टचारका मुद्दालाई पार्टीको मुख्य एजेण्डाको रूपमा लिएर अघि बढ्नुपर्ने अवस्था आएको बताएका छन्।

वाइडबडी जहाज खरिदमा भएको भ्रष्टाचार, एनसेल काण्ड, सुनकाण्ड जस्ता काण्डैकाण्डका घटना हुदाँ पनि दुई तिहाई बहुमतको कम्युनिष्ट सरकारले केही गर्न नसकेको भन्दै अब नेपाली काग्रेसले भ्रष्टाचारको मुद्दालाई पार्टीको मुख्य एजेण्डा बनाउनुपर्ने अवस्था आएको बताएका हुन्।

शुक्रबार सिन्धुलीमाढीमा आयोजित नेपाल शिक्षक संघ सिन्धुलीको २१ औं प्रतिनिधिसभाको उद्घाटन गर्दै उनले भ्रष्टाचारका काण्डैकाण्डले लोकतन्त्रमाथि प्रहार भएको बताए। उनले वाइडबडी जहाज खरिदमा भएको भ्रष्टाचार सरकारले छिटो छिनोफानो गर्नुपर्ने भन्दै पहिला हजार लाखमा हुने भ्रष्टाचारका घटना अहिले कम्युनिष्ट सरकार आएपछि अर्बौंमा भएको आरोप लगाए।

उनले केपी ओली नेतृत्वको सरकार शान्ति सुरक्षा, सरकारको काम र सुशासनमा असफल भएको बताए। उनले भने ‘अहिलेको सरकार तीन कर्तव्यमा असफल भएको छ। जनताको मनमा सुरक्षा दिन सकेको छैन्, सरकारको काम गर्ने ढंग छैन, सुशासन कायम गर्न सकेको छैन, भ्रष्टाचार बढेको बढैछ। यसले लोकतन्त्र सकिन्छ।’

उनले चुनावमा भएको हारलाई स्वीकार गर्न नसक्दा अहिले पार्टी अल्मलिन पुगको भन्दै यसबाट पाठ सिक्दै हारलार्इृ पनि स्वीकार गर्न सक्नुपर्ने बताए। साथै उनले कार्यकर्ताको मूल्यांकन गर्न नसक्दा पार्टीले चुनाव हारेको धारणा राखे।

उनले कार्यकर्ताले नेतृत्वको मूल्यांकन गर्न सक्नुपर्ने बताउँदै पार्टीमा गुटको अन्त्य गर्नुपर्ने बताए। ‘नेपालको राजनीति षड्यन्त्रपूर्ण छ। पार्टीभित्रै पनि विभिन्न गुटउपगुट बनेका बनै छन्। यसले पार्टीलाई गलत दिशातर्फ लगिरहेको छ। अब कोही कसैले पनि देउवा र पौडेलले भन्ने होइन कांग्रेस भन्नुस्’ उनले भने।

उनले लोकतन्त्रमाथि दक्षिणपन्थी दरबारिया र बामपन्थीले आक्रमण गरिरहेको बताए। उनले कांग्रेसले कम्युनिष्टसँग मौखिक, नैतिक शाहस र राजनीकि एजेण्डामा प्रतिबाद गर्नुपर्ने बताए।

उनी शनिबार नेपाली कांग्रेस सिन्धुलीले मरिण गाउँपालिकाको कपिलाकोटमा आयोजना गरेको आमसभामा सहभागी हुन शुक्रबार सिन्धुली आएका हुन्। शनिबार नेपाली कांग्रेसले शक्ति प्रदर्शनको रूपमा कपिलाकोटमा आमसभा गर्न थालेको नेपाली कांग्रेस सिन्धुलीले जनाएको छ। सोही आमसभामा नेपाली कांग्रेसका युवा नेता गगन थापा लगायत अन्य केन्द्रीय नेताले सम्बोधन गर्ने कार्यक्रम छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.