|

लोकसभा निर्वाचन नजिकिँदै गर्दा भारतका ठूला राजनीतिक दलहरू एकअर्कामाथि आक्षेप  लगाउन पनि तीव्रताका साथ लागिपरेका छन।

भारतमा विशेष गरेर प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले विपक्षी कांग्रेसलाई आतंककारीको बचाउ गर्ने र राष्ट्रप्रेम नभएको एवं हिन्दु प्रेम नभएको पार्टी भन्ने आरोप लगाउने गरेको छ भने कांग्रेसले भाजपालाई समाजमा जातीय र धार्मीक ध्रुवीकरण ल्याएको तथा चरम भ्रष्टाचार गरेकोसँगै सुरक्षा एवं सेनालाई पनि भोटको राजनीतिमा दुरुपयोग गरेको आरोप लगाउँदै आएको छ।

यसैबीच राहुल गान्धी नेतृत्वको कांग्रेसले शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदी र अध्यक्ष अमित शाह रहेको भाजपामाथि गम्भीर आरोप लगाएको छ। कांग्रेसले भाजपा नेतृत्वले घुस लिएको गम्भीर आरोप लगाएको छ।

कांग्रेस प्रवक्ता रणदीप सुरजेवालाले एक पत्रकार सम्मेलन गरेर भाजपाका शीर्ष नेताहरूले  एक हजार ८०० करोड भारु घुस लिएको गम्भीर आरोप लगाएका छन।

बीबीसीका अनुसार सुरजेवालाले कारवां म्यागजिनमा छापिएको रिपोर्टको हवाला दिँदै सन् २०१७ मा इनकम ट्याक्स डिपार्टमेन्टले कब्जामा एक डायरी पुगेको र उक्त डायरीमा भाजपा नेता तथा कर्नाटकका पूर्वमुख्यमन्त्री बिएस यदुरप्पाको हस्ताक्षर रहेको छ। इनकम ट्याक्स डिपार्टमेन्टले छापा मार्दा भेटेको उक्त डायरीमा यदुरप्पाले उक्त डायरीमा भाजपाका कुन शीर्ष नेतालाई कति रकम दिएको भन्ने लेखेका छन।

 भाजपा नेताहरू- अरुण जेटली, राजनाथ सिंह र यदुरप्पा

कांग्रेसले सन् २०१७ मा पनि उक्त डायरीको जिकिर गरेको थियो र भाजपा नेताहरूमाथि छानबिनको माग गरेको थियो। मोदी सरकारले अनुमति नदिएकाले छानबिन हुन नसकेको कांग्रेसको आरोप छ।

रकम बुझाएको मितिसहित लेखिएको डायरीमा भाजपा केन्द्रीय समिति, मोदी सरकारका मन्त्रीहरू अरुण जेटली, राजनाथ सिंह, नितीन गडकरी, नेताहरू  लालकृष्ण आडवाणी र मुरलीमनोहर जोशीलाई करोडौं दिएको लेखेका छन। साथै न्यायाधीश र वकीलहरूका लागि पनि करोडौं रकम वितरण भएको उक्त डायरीमा लेखिएको छ। कांग्रेसले यो घुस प्रकरणको छानबिन हुनुपर्ने माग गरेको छ।

भाजपाले भने यस्तो कुरा सार्जनिक झूटको राजनीति अन्तर्गत भएको भन्दै उक्त घुस काण्ड अस्वीकार गरेको छ। मोदी सरकारमा कानुनमन्त्री रहेका रविशंकर प्रसादले पत्रकार सम्मेलन गर्दै कारवांमा कांग्रेसले पैसा दिएर उक्त कुरा लेखिएको आरोप लगाए। उक्त डायरी नक्कली भएको पनि रविशंकरले बताए। कांग्रेसको हतास मानसिकता देखिएको पनि उनको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.