|

हेटौँडा : भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगितामा शनिबार नेपाल पुलिस क्लब र च्यासल युथ क्लब काठमाडौं भिड्दै छन्। हेटौँडा–१० स्थित वनविज्ञन खेल मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ।

सिजनको पहिलो तथा सर्वाधिक नगद राशी भएको खप्तड गोल्डकपको विजेता पुलिस र च्यासल युथ हेटौँडामा जारी प्रतियोगिताको पहिलो खेल खेल्न लागेका हुन्। पुलिस र च्यासल दुवै सशक्त एवं बलियो टोली हो। पुलिसका केही खेलाडी सिनियर तथा युथ–२३ को राष्ट्रिय टोलीमा रहेको कारण पुलिसले नयाँ खेलाडीलाई मौका दिने निश्चित छ।

सफल एवं अनुभवी प्रशिक्षक राजु शाक्यको प्रशिक्षणमा रहेको च्यासल युथमा अधिकांश उदीयमान खेलाडी छन्।

प्रतियोगितामा दश टोली सहभागी छन्। जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद आठलाख रुपैयाँ र उपविजेताले नगद चारलाख रुपैयाँ प्राप्त गर्नेछ।

प्रतियोगिताको फाइनल चैत १६ गते शनिबार हुनेछ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.