|

भ्रष्टाचारको आरोपमा पक्राउ परेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमरले बयान दिन अस्विकार गरेका छन्।

बयान लिनका लागि उनलाई सोधिएका प्रश्नहरूमा उनले मौन बसेर कुनै पनि प्रश्नको उत्तर नदिएको स्थानीय अधिकारीहरूले बताएका छन्।

आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका मिसेललाई बिहीबार पक्राउ गरिएको थियो भने शुक्रबार उनसँग बयान लिने प्रयास गरिएको थियो।

प्रश्नहरूको उत्तर नदिने उनको निर्णयलाई मौन बस्न पाउने अधिकारको अभ्यासका रुपमा लिइएको छ।

उनी पक्राउ परेपछिको रात संघीय प्रहरी मुख्यालयको हिरासत कक्षमा बिताएको अधिकारीहरूले जनाएका छन्। उनलाई साओ पाउलोस्थित आफ्नै निवासमा रहेकै बेला पक्राउ गरिएको थियो।

राजनीतिकर्मी र कर्मचारीतन्त्रका बीचमा तालमेल गरेर सन् २०१४ मा अनियमितता गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

पूर्वराष्ट्रपति टेमर सन् २०१६ को अगस्टदेखि सन् २०१८ को डिसेम्बरसम्म ब्राजिलको राष्ट्रपति बनेका थिए। पदमा बहाल रहेकै बेला उनलाई भ्रष्टाचारको आरोप लागेपछि पदमुक्त भएका थिए।

उनलाई भ्रष्टाचार अपराध, आपराधिक संगठन र सम्पत्ति शुद्धीकरणका विषयमा थप छानविन गर्नका लागि पक्राउ गरिएको प्रहरी अधिकारीहरूले बताएका छन्। यस्तै, आरोप अन्य राजनीतिज्ञहरू पनि पक्राउ परेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.