|

पर्वत : हिउँका कारण थलिएका मुस्ताङका चौपायाहरू धमाधम मर्न थालेपछि कृषकहरू चिन्तित भएका छन्। जिल्लाका विभिन्न स्थानमा पालिएका चौँरीसहित अन्य पशुहरुमा पहिचान नभएको रोगको महामारी देखिएको छ।

पशुहरूमा सुस्ताउने, टोलाउने, भोक्रयाउने, दाँत झर्ने तथा गिँजा सुनिने लक्षण देखा परेको छ। यस्तो लक्षण देखिएका सयौँ पशुहरू धमाधम मरेका छन्। लगातार परेको हिमापात र अत्यधिक चिसोका कारण कठयांग्रिएर बिरामी परेका पशुहरूमा यस्तो रोगको संक्रमण देखिएको हो। हिमपातका बेलामा धेरै चौरीँहरू मरेका थिए। मौसममा सुधार आएसँगै चरन र सुरक्षित क्षेत्रमा राखिएका पशुहरू फेरि अहिले महामारीका कारण मर्न थालेका हुन्।

ठूलो लगानी गरेर पुशपालन गर्दै आएका किसानको चौपाया धमाधम मरेपछि पशुपालन नै संकटमा परेको छ। संक्रमण देखा परेपछि प्रतिनिधि सभाका सांसद प्रेमप्रसाद तुलाचनको पहलमा पशु मेडिकल टोली उपल्लो मुस्ताङ पुगेर उपचार गर्न शुरु गरेको छ। संक्रमित पुशहरुको नमूना ल्याव परीक्षणको लागि पोखरा पठाइएको छ।

मुस्ताङमा यसवर्ष हिमपातपछिको अत्यधिक चिसोका कारण चौँरी लगायतका अन्य पशु मर्दा झण्डै ५ करोड मूल्य बराबरको क्षति भइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.