|

तनहुँ : व्यास११ को सिद्धिडाँडामा पर्यटन प्रवर्द्धन गर्न व्यावसायीक प्याराग्लाइडिडको सम्भाव्यता परीक्षण गरिएको छ। शनिबार सम्भाव्यता परीक्षणका लागि गरिएको प्याराग्लाइडिङ उडान सफल भएको छ।

सिद्धिडाँडाबाट ३ जना पाइलटद्वारा ५ रेण्डम फलाइट टेकअफ गरी फराकचौरमा ल्याण्ड गरिएको व्यास नगरपालिकाले जनाएको छ। वडाअध्यक्ष नीरबहादुर खड्काले पहिलो फ्लाइटमा उडान भरेर उद्घाटन गरेका थिए। वडाध्यक्ष खड्काले पर्यटकीय क्षेत्रमा पर्यटन प्रवर्द्धनमा वडाले पुलको भूमिका निर्वाह गर्नुपर्ने बताए।

प्याराग्लाइडिङ परीक्षणको क्रममा नगर प्रमुख वैकुण्ठ न्यौपानेले पोखरामा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखराको प्याराग्लाइडिङ स्थानान्तरण हुने भएकाले व्यास नगरपालिकामा सम्भावना खोजिएको बताए। यसको सफल परीक्षणले तनहुँको ग्रामीण क्षेत्रमा पर्यटकीय सम्भाव्यताको विकास हुनेछ,’ उनले भने पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययन गरी विकास गर्न नगरपालिका लागिपरेको छ।

वडा नं ३ का सदस्य रवीन पौडेलले व्यास नगरपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेकाले त्यस्को सुरुवातस्वरूप प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गरिएको बताए। नागरिक उड्डयन मन्त्रालयले उडान अनुमति दिएको खण्डमा नीजि कम्पनीले व्यावसायीक उडान भर्न तयार रहेको पौडेलले जानकारी दिए।

उडानपछि परीक्षण सफल भएको बताउँदै पाइलट तथा विज्ञ शंकर पराजुलीले उक्त स्थानमा हावाको चाप र अन्य भौगोलिक तवरले प्याराग्लाइडिङका लागि उपयुक्त भएको बताए। पराजुलीका अनुसार सो स्थान प्याराग्लाइडिङ उडान तथा प्रशिक्षण दुवैका लागि उपयुक्त रहेको छ।

प्याराग्लाइडिङको परीक्षण उडानका लागि सहजीकरण गरेका हरि सिग्देलले टेक अफ गर्ने स्थान रहेको र नगरपालिका वा वडाले ल्याण्ड गर्ने जमिनको व्यवस्थापन गर्न सके व्यास ११ मा व्यवसायिक उडान भर्ने सम्भवना रहेको बताए। उडानको व्यवस्था टिम फाइभ प्याराग्लाइडिङ नेपालले पोखराले गरेको थियो। जिल्लामा प्याराग्लाइडिङको विकास गर्न सके आयस्तर वृद्धि हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.