|

दाङ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले देशको समृद्धिका लागि आयात घटाएर निर्यात बढाउन आवश्यक रहेको बताइन्। शनिबार रिपाेटर्स क्लव दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष राणाले समृद्धिका लागि निर्यात बढाउन कुन–कुन क्षेत्रमा लगानी गर्न आवश्यक छ भन्ने कुरामा राज्य स्पष्ट हुनुपर्ने बताइन्।

अध्यक्ष राणाले कृषि, पर्यटन, भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा सरकारले त्यही अनुरुप लगानीको वातारण निर्माण गर्नुपर्ने बताइन्। वाणिज्य संघ विकासको सवालमा सरकारसँग सँगसँगै हातेमालो गरेर अगाडि बढ्न तयार रहेको समेत बताइन्। तर त्यसका लागि लगानीमैत्री वातावरण सरकारले निर्माण गर्न आवश्यक रहेको राणाको भनाई थियो। उनले राज्यले आवश्यक कानुन निर्माण र नीतिगत कुराहरू निर्माणमा समयमै ध्यान दिन नसक्दा हाल ३ तहका सरकारको बीचमा करका सम्बन्धमा केही अन्याेलता सिर्जना भएको हुँदा त्यसले अप्ठेरो भएको समेत बताइन्। त्यसैगरी अध्यक्ष राणाले पछाडि परेका क्षेत्रहरूको विकास नहुँदासम्म देशमा समृद्धि भएको मान्न नसकिने बताइन्।

‘अब समृद्धिको यात्रा दाङ, रोल्पा, रुकुमजस्ता क्षेत्रहरूबाट सुरु गरिनु पर्छ’, अध्यक्ष राणाले भनिन्, ‘विकसित स्थानमा मात्रै विकास गर्नुलाई विकास मान्न सकिँदैन।’ उनले विकासबाट पछाडि पारिएका पहाडी क्षेत्रहरूमा विकासको राम्रो सम्भावनमा रहेको हुँदा कृषि, पर्यटनमा लगानी गर्ने वातावरण राज्यले तयार गर्नुपर्ने समेत बताइन्। दाङ पहाडी जिल्लाहरूको प्रवेशद्वार भएको भन्दै उनले स्वर्गद्वारीसम्म केवलकारको विकास गर्नुपर्ने बताइन्। स्वर्गद्वारीकाे केवलकारले विकास छिमेकी देश भारतबाट र आन्तरिक पर्यटकको संख्यामा बृद्धि हुने उनको भनाई छ।

'प्रदेश ५ को केन्द्र हरेक दृष्टिकोणले दाङ उपयुक्त छ। प्रदेश ५ मा पिछडिएको  पूर्वी रुकुम, बर्दिया र बाँकेलाई पनि विकासको मुल प्रवाहमा ल्याउन सकेमात्र संघीयताको स्वाद आम नेपालीले अनुभूति गर्ने छन्’, अध्यक्ष राणाले भनिन्। साथै कैलाशधाम र स्वर्गद्धारीधामलाई जोड्न दाङ जोडिएको नयां रुट बनाउने सवालमा पनि उद्योग वाणिज्य संघले केन्द्रमा समेत लविङ गरिरहेको पनि अध्यक्ष राणाले बताइन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.