|

चितवन : जिल्लामा शनिबार बोटे परिवारका २ घरमा आगलागी भएको छ। भरतपुर महानगरपालिका २२ स्थित बोटे टोलमा रहेको राजु बोटे र आइतराम बोटेको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

आगलागीबाट घर पुर्णरुपमा जलेर नष्ट भएको छ। दिउँसो २ बजेको समयमा भएको आगलागीबाट घरमा रहेको अन्नपात, भाडावर्तन लगायत गरी करिव ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। अचनाक आगलानी हुँदा घरमा रहेका महत्वपुर्ण कागजात पनि जलेर नष्ट भएको परिवारलाई उदृत गर्दै प्रहरीले बताएको छ। आगलागीको कारण भने खुल्न सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.