|

बैतडी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले वर्तमान सरकारले जनता आकांक्षा पूरा गर्न नसकेको बताएका छन्। बैतडीको दोगडाकेदार गाउँपालिकाको खोचलेकमा आयोजित अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रममा बोल्दै उनले  सो कुरा बताएका हुन्।

नेपाली कांग्रेस जिल्ला कार्यसमितिको आयोजनामा जिल्लाका विभिन्न स्थानमा भइरहेका अन्तरक्रियामा बोल्दै नेता लेखकले वर्तमान सरकार संघीयता विरोधी भएको कुरा दोहोर्‍याएका छन्। विभिन्न वहाना वर्तमान सरकारका प्रधानमन्त्री निरकुंश बन्न खोजेको लेखकको आरोप छ। वर्तमान सरकारले विगतमा कांग्रेस नेतृत्वको सरकारले शुरुवात गरेका गौरवका योजनाहरूसमेत अलपत्र छोडेको बताए।

नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रसिंह थापाको अध्यक्षतामा भएको अन्तरक्रियामा कांग्रेस केन्द्रीय सदस्य लेखक प्रमुख अतिथी रहेका थिए। अन्तरक्रियामा पूर्व वाणिज्यराज्यमन्त्री नरबहादुर चन्द, कांग्रेस बैतडीका पूर्वसभापति शिवराज भट्ट लगायतका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो। कांग्रेसले आइतबार बैतडीको डिलाशैनीमा अन्तरक्रियाको आयोजना हुने जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.