|

दाङ : तुलसीपुर उपमहानगरपालिकाले ज्येष्ठ नागरिकका अनुभवलाई समाजमा सबैका सामुमा पुर्‍याउनका लागि ज्येष्ठ नागरिक मनोपरामर्श तथा सम्मान कार्यक्रमको सुरुवात गरेको छ। जीवनको लामो समयसम्म उनीहरुले हासिल गरेको अनुभवलाई नयाँ पुस्ताले सिक्न सकुन् भनेर उपमहानगरपालिकाले यस्तो अभियानको सुरुवात गरेको हो।

'ज्येष्ठ नागरिकलाई सम्मान गर्नका लागि अभियानको सुरुवात गरेको स्वास्थ्य महाशाखा प्रमुख डा गोकर्ण दाहालले बताए। उनले 'मेरो कथा मेरो जीवन' अभियानमार्फत उपमहानगरपालिका भरिका ज्येष्ठ नागरिकका अनुभव आदान प्रदान गरिने पनि बताए। अभियानको सुरुवात गर्दै नगरप्रमुख घनश्याम पाण्डेले ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने बताए। ज्येष्ठ नागरिकलाई वोझ ठान्नु हुँदैन। उनीहरूकै कारण अहिलेको विकास सम्भव भएको हो', उनले भने।

नगरप्रमुख पाण्डेले ज्येष्ठ नागरिकका अनुभवहरू समाजको सम्पत्ति समेत भएको बताए। उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको सम्मानका लागि विभिन्न अभियानको समेत सुरुवात गरिएको नगरप्रमुख पाण्डेले बताए।

ज्येष्ठ नागरिक सरोकार समिति दाङका भोलानाथ योगीले आधुनिकताको नाममा ज्येष्ठ नागरिकप्रतिको सम्मान घट्दै गएको बताए। जीवनभर सन्तानका लागि योगदान दिने ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने उनको भनाई थियो। सो अवसरमा ज्येष्ठ नागरिकको सुगर र मृगौला जाँचका साथै सरसफाई वाकस समेत प्रदान गरिएको थियो।

तुलसीपुर उपमहानगरपालिका भित्रका सम्पूर्ण वडामा लैजाने अभियानको सुरुवातमा वडा ३,८ र ९ का ज्येष्ठ नागरिककाे सहभागिता रहेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.