विश्व

जनमत संग्रहको माग गर्दै लण्डनमा प्रदर्शन
SHARES

चैत १०, २०७५

    युरोपियन युनियन (इयू) बाट बाहिरिने विषयमा पुनः जनमत संग्रहको माग गर्दै बेलायतमा विशाल प्रदर्शन भएको छ । युरोपियन युनियनबाट बाहिरिनु हुन्ने भन्ने समूहले बेलायती संसद् भवन अगाडि गरेको प्रदर्शनमा हजारौं सहभागी थिए।

    प्रदर्शनमा सहभागी भएकाहरुले अर्को जनमत संग्रहको माग गरेका छन्। ईयूबाट बेलायतको बहिर्गमन हुनुहुन्न भन्ने पक्षका ठूलो समूहमा राजधानी पुगेका समर्थक लण्डनको हाइड पार्कमा जम्मा भै मध्य लण्डन हुँदै शहरका विभिन्न स्थानमा पुगेका थिए।

    उनीहरूले ब्रेक्जिटको बिषयले राजनीतिक अन्योलता हुँदा यसको प्रभाव सम्पूर्ण क्षेत्रमा देखिन थालेको दाबीसहित यस विषयमा पुनः जनमत संग्रहको माग माग गरेका छन्। प्रदर्शनपछि बेलायती संसद्को बाहिरी क्षेत्रमा भेला भएकाहरुलाई स्कटल्याण्डका प्रथम मन्त्री निकोला स्टर्जियन, लण्डनका नगर प्रमुख सादिक खान, प्रतिपक्षी लेबर पार्टीका उपनेता टम वाटसनलगायतले सम्बोधन गरेका थिए।

    कार्यक्रममा नेताहरुले ब्रेक्जिटको विपक्षमा भएको बृहद् जनप्रदर्शन ऐतिहासिक भएको र यसले उठाएको माग सम्बोधन गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]