|

काठमाडौं : नइ प्रकाशनले अन्तर्राष्ट्रिय क्षेत्रका तीन स्रष्टालाई २०७५ सालको नइ अन्तर्राष्ट्रिय पुरस्कार दिने घोषणा गरेको छ। नइ प्रकाशनले दुई लाख रुपैयाँ राशिको नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कारु संयुक्त रूपमा भारतका १०१ वर्षीय हायमनदास राई किरात र ८६ वर्षीया डा. लक्खीदेवी सुन्दासलाई दिने निर्णय गरेको हो।

नेपाली वाङमयको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहँदै नेपाली भाषा साहित्यको अन्तर्राष्ट्रिय विस्तारमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याएबापत उनीहरुलाई पुरस्कार दिने घोषणा गरेको नई प्रकाशनले जनाएको छ। पुरस्कार नेपाली–गोर्खाली मुलका विदेशी नागरिकलाई मात्र प्रदान गरिन्छ।

यसैगरी नेपाली भाषा साहित्यको अन्तर्राष्ट्रिय विस्तारका लागि सिर्जनात्मक र सङ्गठनात्मक रूपमा निरन्तर समर्पित रहँदै विशिष्ट योगदानका निम्ति अमेरिकाका गोविन्द गिरी प्रेरणालाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ दिने निर्णय गरिएको छ। उक्त पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ।

शताब्दी पुरुष सत्यमोहन जोशीको १००औं जन्मोत्सवका अवसरमा आगामी वैशाख २८ गते काठमाडौंमा नइ अन्तर्राष्ट्रिय पुरस्कार वितरण गरिने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.