|

काठमाडौ :  काठमाडौं महानगरपालिकाले मंगलबारदेखि चक्रपथको भित्री सडकमा ब्रुमर चलाएर सडक सफा गर्ने भएको छ। टुँडिखेल र रत्नपार्क आसपासमा सफा गरेर उदघाटन गर्ने काठमाडौं महागरपालिकाले जनाएको छ।

पाँचवटा ब्रुमरको उदघाटन एकैसाथ मेयर विद्यासुन्दर शाक्यले गर्न लागेका हुन्। एकसाता अघि इटालियन ब्रुमर काठमाडौं ल्याइएको थियो। साढे दश करोड खर्च गरेर ब्रुमर ल्याएको महानगरले जनाएको छ।

काठमाडाै‌ं उपत्यकाका कलंकी, बल्खु, कालीमाटी, टेकु, सुन्धारा, टुँडीखेल, लैनचौर, लाजिम्पाट, महारजगञ्ज, त्रिपुरेश्वर, थापाथली, बानेश्वरलगायतका क्षेत्रमा ब्रुमरको प्रयोग गरि सफा गरिने महानगरपालिका वातावरण विभाग महाशाखा प्रमुख हरिकृष्ण श्रेष्ठले बताए।

यी ब्रुमरहरु नेपालमा पहिलोपटक प्रयोग गर्न लागिएको हो। पुरानो ब्रुमर बिग्रेर टेकुमा राखिएको छ। यसमा दुईवटा ट्याङ्की छन्। धुलो टिपेपछि पानी छर्केर सडकलाई भिजाउन मिल्छ।

नयाँ ब्रुमरले दिनमा १० किलोमिटरसम्मको धूलो संकलन गर्न सक्ने क्षमता राख्छन्। यसमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहितको धूलो तान्न सक्ने शक्तिशाली मेसिन जडान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.