|

मनाङ : नासों  गाउँपालिकामा १० वटा विद्यालय गाभेर (मर्ज गरी) एउटै आवासीय सञ्चालनमा ल्याइएको छ। तिल्चे, ताचै, बगरछाप, धारापानी, ओडार, खोत्रो, नाचे, दानाक्यु, घेराङ  र थोचे गाउँमा रहेका १० वटा विद्यालय गाभेर प्रकाशज्वोति मावि थोचेलाई आवसीय विद्यालय बनाइएको गाउँपालिकाकी उपाध्यक्ष कमलमाया गुरुङले बताइन् ।

१० वटा विद्यालय गाभिए पनि  भौगोलिक दूरीका कारण तालस्थित भानु माध्यमिक विद्यालयलाई भने तत्काल समावेश गर्न नसकिएको उनले बताइन्। लमजुङ र मनाङको सिमानामा रहेको उक्त विद्यालयलाई आगामी  शैक्षिक सत्रमा समावेश गरिने उनको भनाइ छ।

नासों गाउँपालिकामा जम्मा १९२ जना विद्यार्थी छन् भने ८३ जना शिक्षक कर्यरत छन्। गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा शिवप्रसाद ढ्ङगानाका अनुसार ११ वटा विद्यालय मध्ये दुई वटा माध्यमिक विद्यालय र ९ वटा  आधारभूत विद्यालय हुन्। उनले भने, विद्यार्थीको अनुपातमा शिक्षक बढी देखिए। कुनै विद्यालयमा त विद्यार्थीको  संख्या शून्य छ’, उनले भने, ‘दिनदिनै विद्यार्थी घट्दै जानु र  गुणस्तर खस्किदै गएका कारणविद्यालय गाभ्न जरुरी देखियो।’

शिक्षा स्थानीय तहको मातहातमा आए पछि सुधारका लागि  विद्यालय गाभ्ने कार्यमा जोड दिएको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए। आफ्नो गाउँपालिकालाई एउटा नमुना शिक्षा क्षेत्र निर्माण गर्न आवासीय विद्यालयको अवधारणा ल्याएको उनको भनाइ छ।

अध्यक्ष घलेका अनुसार चैत १ गतेदेखि विद्यार्थी भर्न अभियान शुरु भएको छ। सबैको पायक पर्ने स्थानमा भएकोले वडा नम्बर ५ मा रहेको प्रकाशज्योति नै छानिएको हो। चैत १ गतेदेखि भर्ना शुरु गरीएको यस विद्यालयमा  हाल १००  विद्यार्थी भर्ना भइसकेका र अरु थप भर्न हुने क्रम जारी रहेको विद्यालयका प्रधानध्यपक पद्मराज पन्थीले बताए। 

उनका अनुसार गाभिएर आएका  विद्यायलबाट २१ जना शिक्षक काजमा ल्याइएको छ । यस जिल्लाका विद्यालय कामदारका बच्चाबच्चीले धान्नु परेको छ। स्थानीयका बालबालीक बाहिरी जिल्लामा पठनपाठन गराउने परमपरालाई अन्त गर्न पनि आवसीयको अवधारण बनाएको उनले बताए। 

अहिले यस विद्यालयमा जम्मा १६० विद्यार्थी अध्ययनरत छन् भने शिक्षक कर्मचारी ४१ जना छन्। यो विद्यालयमा अहिले अंग्रेजी माध्यमबाट बढाइ सुरु गरिएको वडाध्यक्ष छिरीङ घ्ल्पो पुनेलले बताए। आवासीय विद्यालय भएकाले बिहान बेलुकी समेत शिक्षकको निगरानीमा रहने हुनाले  विद्यार्थी अनुशासित र लगनशील हुने उनको भनाइ छ। विद्यालयमा  विज्ञान  प्रयोगशाला  पुस्तकालय,  खेलकुद लगायतको व्यवस्था रहेको जानकारी उनले दिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.