|

ओखलढुंगा : ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-६ मा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा ताप्लेजुङ जिल्ला ओलाङचुङगोलाका ४५ वर्षीय साङ्गेल शेर्पा, ५५ वर्षीय मिङ्मा शेर्पा, काठमाडौं बौद्धका ३५ वर्षीय नुर्बु शेर्पा,  करीव ३० वर्षीय वाङ्दा शेर्पा, करीव ४५ वर्षका डोमा शेर्पा र ४० वर्षिय ङ्वाङ सेर्तुङ शेर्पा रहकेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए।

उनका अनुसार दुर्घटनामा परेको जिपका चालक काठमाडौं बौद्धका चालक अन्दाजी २५ वर्षका कृषण श्रेष्ठ, काठमाडौं बौद्ध बस्ने मृतक डोमा शेर्पाका अन्दाजी १० वर्षका छोरा ङिमा शेर्पा र काठमाडौं नयाँवस्ती बस्ने अन्दाजी ४५ वर्षका कुङसिङे शेर्पाको अवस्था गम्भीर रहेको छ।

सोलुखुम्बुको सल्लेरीबाट काठमाडौं जाँदै गरेको बा १६ च २२०७ नम्बरको स्कारपियो जिप आइतबार बिहान ११:४५ मा मानेभञ्ज्याङ गाउँपालिका-६ को दरुवा पिप्ले खोलामा दुर्घटना भएको हो।

घाइतेको उदयपुरको घुर्मीस्थित आस्था हस्पिटल प्रालिमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण के हो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। 


सम्बन्धित समाचार

ओखलढुंगामा जिप दुर्घटना ६ जनाको मृत्यु

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.