|

सुपरहिट बलिउड फिल्म स्त्रीले बक्सअफिलमा कमालको कमाइ गरेको थियो। फिल्मलाई दर्शकले खुबै मनपराएका थिए। अब यो फिल्मको दोस्रो भाग बन्ने खबर बाहिरिएको छ। वरूण धवन स्त्रीको सिक्वलमा देखिने छन्। अघिल्लो वर्ष रिलिज भएको सुपरहिट फिल्म स्त्रीमा राजकुमार राव र श्रद्धा कपूरले मुख्य भूमिका निभाएका थिए।

तर भारतीय सञ्चार माध्यमको पछिल्लो खबरअनुसार स्त्रीको सिक्वलमा उनीहरू देखिने छैनन्। समाचारमा जनाइअनुसार वरूणलाई कास्ट गरिने छ र वरूण पनि उक्त फिल्ममा कास्ट गर्न इच्छुक भएको बताएका थिए। यद्यपि फिल्मको कहिलोबाट सुटिङ सुरु हुन्छ भन्ने विषय अझै खुलाइएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.