|

काठमाडौं : दियान्ची लेक, चीनको युन्नानस्थित कुन्मिङ सहरनजिकै रहेको यो ताल मुख्य पर्यटकीयस्थलमा पर्दछ। दुईसय ९८ वर्गकिलोमिटर क्षेत्रफल रहेको यो तालमा जाडोको याम पारेर साइबेरियाबाट आउने चराको बथान हेर्न लायक हुँदोरहेछ। अझ हाम्रा मठमन्दिरतिर परेवालाई मकै खुवाउन छरे जस्तो ती चरालाई पाउरोटीका टुक्राटुक्रा पारेर फुत्तफुत्त फ्याँकी दिँदा आकाशमै टिप्दा रहेछन्। चराको बथान हेर्न पुग्ने हजारौँ पर्यटकका लागि करोडौँ खर्च गरेर बनाइएको निःशुल्क प्रवेश पाइने उद्यान र वरपरको क्षेत्र आफैँमा अनुकरणीय छ ।

पाउरोटी खान हारा लुछ गरिरहेका चरा देखेर मैले सहयोगी निनालाई सोधेँ, यसरी अप्राकृतिक खाना दिँदा यिनलाई असर पर्ला नि? अमेरिकामा अध्ययनार्थ चार वर्ष बिताएर फर्केकी निनाले फ्याट्ट जवाफ दिइन्, 'यी चरा रुसमा पनि पाउरोटी खाएरै आएका हुन् नि!'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.